
ksb
Asb
lnp
Ggp
Rgp
Usb
Lks
Jns
Rgp
Lnp
Rgp
Sgp
Pbu
Dbs
Ggp
Dus
Rgp


दाङ । देउखुरीको लमहीमा टिभिएस कम्पनीको नयाँ शोरुम संचालनमा आएको छ । शुक्रबार लमही नगरपालिकाका प्रमुख कुलबहादुर केसीले रिवन काटेर उक्त शोरुमको उद्घाटन गर्नु भएको हो ।
सो शोरुमको उद्घाटन गर्दै नगर प्रमुख केसीले शोरुमका संचालकलाई हार्दिक बधाई एवं सफलताको शुभकामना व्यक्त गर्नु भएको थियो । शोरुममा टिभिए ब्राण्डका मोटरसाईकल र स्कुटरहरु उपलब्ध रहेको शोरुमका संचालक सुदीप पाण्डेले जानकारी दिनु भयो ।
त्यस्तै विक्री मात्र होईन विक्री पश्चात ग्राहकलाई उत्कृष्ट सेवा दिने लक्ष्य रहेको छ।’ संचालक पाण्डेले भन्नु भयो । ‘हामीले अहिले ५० प्रतिशत डाउनपेमेन्टमा शून्य प्रतिशत ब्याजदरमा टिभिएसका मोटरसाईकल तथा स्कुटरहरु उपलब्ध गराउने छौं।’
यस्तै शोरुमा मोटरसाईकल स्कुटर विक्री,पाटपुर्जा र मर्मत सम्भारका सेवाहरु उपलब्ध हुनुका साथै, जुनसुकै कम्पनीको पुरानो मोटरसाइकल ल्याएर टिभिएसको नयाँ मोटरसाइकल प्राप्त गर्न सकिनेछ ।
यसरी एक्सचेन्ज गर्दा कम्पनीले १० हजार रुपैयाँ अतिरिक्त उपलब्ध गराउने संचालकले जानकारी दिनु भएको छ । माईलेज,स्मार्ट कनेक्सन,किफायती र पाटपुर्जा सहजै उपलब्ध हुने भएकाले पछिल्लो समय टिभिएस ग्राहकको पहिलो रोजाईमा पर्दै आएको संचालक पाण्डेले भन्नू भयो ।
त्यसैगरी शोरुममा अपाच्चे १६० सीसी,१८० सीसी, २०० सिसी, फिनिक्स १२५ सिसी,स्ट्राइकर १२५ सीसी र स्टारसिटी प्लस ११० सीसी,स्पोर्ट १०० सीसी मोटरसाइकल तथा स्कुटर सेगमेन्टमा ११० सीसीका जुपिटर, विगो,जेस्ट उपलब्ध छन् ।
यस्तै उक्त शोरुममा अपाच्चेको आर-आर ३१० सीसी मोटरसाइकल विशेष आकर्षकको रुपमा रहेको संचालक पाण्डेले बताउनु भयो ।
त्यस्तै टिभिएसका स्मार्ट कनेक्सन भएका मोटरसाइकल र स्कुटी बजारमा आएका छन् । त्यसले फोन,म्यासेजदेखि लोकेसन देखाउँछ । देशभरमै सबैभन्दा धेरै बिक्री भएको एन्ट्रो १२५ सीसी स्कुटी पनि टिभिएसकै रहेको छ ।
यस्तै दुई पांग्रे सवारी साधानको नेपाली बजारमा टिभिएसको १७.२९ प्रतिशत बजार हिस्सेदारी रहेको छ । टिभिएसलाई नेपालमा जगदम्बा मोटरर्सले सन् २०१५ देखि विक्रि वितरण गर्दै आएको छ ।
त्यस्तै नेपालमा हालसम्म यसका एक सय ३४ भन्दा बढि आधिकारिक बिक्रेताहरु रहेको संचालक पाण्डेले बताउनु भयो ।
त्यसैगरी उक्त शोरुमको प्रोप्राइटरमा सरिता घिमिरे (पाण्डे) रहनु भएको छ । आज भगवान विश्वकर्माको पुजाको अवसरमा विधिवत रुपले उद्घाटन भएको सो कार्यक्रममा लमही नगरपालिकाका उप-प्रमुख देवका बेलवासे,देउखुरी उद्योग बाणिज्य संघका अध्यक्ष खगेश्वर खनाल, समाजसेवी एवं बुद्धिजीवी रविलाल आचार्य, पत्रकार भानु जोशी, संचालकमा पुजय बुवा दामोदर पाण्डे लगायत अन्य विभिन्न उद्योग व्यवसायी कर्मीहरुको बाक्लो उपस्थितिमा शोरुमको उद्घाटन भएको थियो ।
