शिबराज पन्थी/गढवा बुधबार, भाद्र ३०, २०७८

दाङ । देउखुरीको राजपुर गाउँपालिका वडा नम्बर–२ सोमइथान बस्ने सुकलाल बिश्वकर्मा शिक्षण पेशा छोडेर आरन पेशामा जिवन खोज्दै हुनुहुन्छ ।

शिक्षण छोडेर आरन पेशामा लागेको सुन्दा सबैलाई पत्यार नलाग्न सक्छ तर बिश्वकर्मालाई बिहानै उठेदेखि राती ९ बजेसम्म फलाम पिटेर खुकुरी बनाउन र पायन हेर्न भ्याइ–नभ्याई छ । २०४९ सालमा राजपुर–२ मा सोमइ प्राबि स्थापनामा आफै पहल गरेर शिक्षण पेशा गर्दै आउनुभएका सुकलालले शिक्षण छोडेर बिगत १५ बर्ष अगाडी देखि आरन पेशामा रमाउनु भएको छ ।

केहि वर्ष गाउँकै बिद्यालयमा शिक्षकको काम गरें तर निजी स्रोतको शिक्षक बनेर परिवार पाल्न गाह्रो भयो । सिप छदै थियो,शिक्षकको काम छोडेर पुख्यौली पेशा आरन रोजें । अहिले त्यसैमा जिवन रमाएको छ–सुकलालले भन्नुभयो । आजकलका नयाँ पिढीले पुख्र्यौली पेशा रोज्दैनन् तर मेरो छोराले मलाई पुरै साथ दिएको छ । राजपुर गाउँपालिका र मुख्यमन्त्री रोजगार कार्यक्रमले पनि थप सहयोग गरेको छ । बाऊ–छोरा मिलेर आरन उद्योग चलाएका छौं । मजासंग ११ जनाको परिवार पालेका छौं–उहाँले भन्नुभयो ।

राजपुर–२ को सोमइथानमा घरेलु कृषि औजार तथा ग्रील उद्योग नामबाट ब्यवसायिक रुपमा आरन चलाएका सुकलालले खुकुरी,बसुला,दाबु,बञ्चरा, चुलेसी,फरुवा, खुर्पा र हँसीया लगायतका घरेलु हतियारहरु बनाउने गर्नुहुन्छ । मुख्य गरि खुकुरीहरुको माग बढी छ । नेपालका बिभिन्न स्थानहरुबाट खुकुरी बनाइदिने अर्डर आउँछ–उहाँले भन्नुभयो । नजिकका ग्राहकले घरमै आएर अर्डर गर्छन भने टाढाका ग्राहकले फोनबाट पनि अर्डर गर्छन । दुई हजार देखि ३० हजार सम्म मुल्यपर्ने खुकुरी उत्पाद गरि बिक्री गर्ने गरेको छु–बिश्वकर्माले भन्नुभयो । एघार जनाको परिवार पालेर मासीक ४५ देखि ५० हजार सम्म कमाएको छु । खुकुरी मै मेरो जीवन रमाएको छ । अब पुरानो नामको उद्योग कट्टागरि जिल्लाकै नाम रहनेगरि दंगाली खुकुरी उद्योग नामले उद्योग संचालनको तयारीमा दर्ता प्रोसेसको अन्तिम चरणमा छु–उहाँले भन्नुभयो ।

आरन चलाउन गोलको अभाव छ । धार मिलाउने मसिनलाई ३ लाख भारतिय रुपियाँ पर्छ । त्यो अझै किन्न सकेको छैन । खुकुरीको दाव सिलाउन टाढा जानु पर्दथ्यो । राजपुर गाउँपालिकाको मुख्यमन्त्री रोजगार कार्यक्रमको ५० हजार अनुदानबाट दाब सिलाउने मसिन ल्याएपछि घेरै सहज भएको छ–उहाँले भन्नुभयो । खर्च र समय दुबै बचेको छ । यो पेशामा लागेको झण्डै १५ बर्ष पुगेको उहाँकोे भनाई छ ।लुम्बिनी प्रदेश सरकारको मुख्यमन्त्री रोजगार कार्यक्रमबाट यस्तै पेशा ब्यवसायलाई प्रेरणा दिदै रोजगार उन्मुख बनाउने अबधारणा बमोजिम गाउँपालिकामा सल्लाह गरि ब्यवसायलाई प्रबर्धन गर्न सहयोग गरेका हौ । हाम्रो सहयोगले सुकलालको परिवार खुसी छ–कार्यक्रमका सहजकर्ता गिरिराज भट्टले भन्नुभयो । शिक्षण पेशा छोडेर खुकुरी बनाएर जिवन रोजेको देख्दा पेशाप्रतिको सम्मान गर्न हामीले सपोर्ट गरेका हौं–राजपुर गाउापालिकाका अध्यक्ष लोकराज केसीले बताउनुभयो । मुख्यमन्त्री कार्यक्रमलाई प्रभावकारी बनाउन रोजगार बृद्धि गर्ने र आत्मनिर्भरता बढाउने पेशा ब्यवसाय गर्नेलाई प्राथमिकता दिदै आएको राजपुर गाउँपालिका प्रशासन शाखाका प्रमुख महेश थापा ठेडीले जानकारी दिनुभयो ।

बिगत २०४४ सालमा राजपुरको सालभौंरीबाट सोमइथान आएका सुकलालले आरन पेशाबाट खुकुरी बनाएरै पक्किघर हालेका छन् । खुकुरीको बजारमाग धेरै छ । त्यसमा पनि उनले आकर्षक फिनिसीङ सहित चिटिक्कका खुकुरी र दाबुहरु बनाउछन् ।

खुकुरी तथा दाबुहरुको बजारमा धेरै माग भएको उहाँको भनाई छ । माग बमोजिम पुर्याउन सकेको छैन । आरन पेशा शिक्षण भन्दा सजिलो छैन तर शिक्षणमा भन्दा दाम राम्रो छ–सुकलालले भन्नुहुन्छ । खुकुरीको धार मिलाउने मसिन र थप एउटा दाब सिलाउनु मसिन चाहिएको छ । खराद मसिन त छदै छ–उहाँ भन्नुहुन्छ । नयाँ पुस्तालाई जागरुक बनाउन र पुराना लाई निरन्तरता दिन यस्ता पेशा ब्यवसायलाई राज्यले लगानी गरि प्रबर्धन गर्न जरुरी छ ।

हाम्रो टीम

संचालक तथा प्रबन्ध निर्देशक:मेगमन बुढा
सम्पादक : कृष्ण जि.एम

निर्देशक: भानु जोशी
क्राईमबिट प्रमुख : सागर थापा
जिल्ला ब्युरो: टेकबहादुर पुन

प्रमुख व्यवस्थापक : इराधा झाक्री मगर
प्रमुख सम्बाददाताहरु : शिवराज पन्थी, तुलबहादुर कुँवर मगर,
सुशीला (ओली) गिरी,जयप्रकाश पौडेल
सम्बाददाताहरु : टोपेन्द्र खनाल,शिव बस्नेत
सल्लाहकारहरु : बिपुल पोख्रेल,उदय जि.एम
कानुनी सल्लाहकार: वरिष्ठ अधिवक्ता रेवतीरमण भट्टराई

सामाजिक संजाल

सम्पर्क

एम.बि.के.एन मिडिया प्रा.लिद्वारा संचालित सिधा-पत्र डटकम
# सूचना तथा प्रसारण विभाग दर्ता नं . :– २४५९/०७७-०७८
#कम्पनी दर्ता नम्बर:- २४५५०७
# ठेगाना :- राजपुर गा.पा-२ दाङ,लुम्बिनी प्रदेश नेपाल
# सम्पर्क : – ९८५७८४०५१७
# बिज्ञापन : – ९८०९५६३२३६
# इमेल :- [email protected]