
Gis
Sds
Lnp
Cps
Unsku
Rmb
Rgp
Srbpu
sbs
Pbu
Gfs
Rgp1
Pes
cjs
Sgr
Rgp
Ggp
Djs
pku

Hal
nsb
Asm
Rgu
Tsm
Ggd
Vor
Ssm
Pvg
Bbbpu
Sbs
Bbu
Gst
Wsp
Rgu
Sls
Rsb
Rgs
Ksm

Jmb
Ptm
Mks
Abd
Gsb
Jmb
Rmb
sab
Bml
Rpp
Syp
bbt
Pls
बुटवल । लुम्बिनी प्रदेशका पूर्व मुख्यमन्त्री शंकर पोखरेलसहित ४ जनाविरुद्ध सांसद विमला कुमारी खत्रीले अपहरण तथा शरीर बन्धकसम्बन्धि किटानी जाहेरी दिएकी छिन्।
साउन १५ गतेदेखि ५ दिनसम्म पोखरेल मुख्यमन्त्री रहँदा दाङबाट ल्याएर बन्धक बनाएकोले अपहरण तथा शरीर बन्धकसम्बन्धि कानुनअनुसार कारबाहीको माग गर्दै माओवादी सांसद खत्रीले सोमबार किटानी जाहेरी दिएकी हुन्। उनले जाहेरीमा तत्कालीन मुख्यमन्त्री शंकर पोखरेल, एमाले प्रमुख सचेतक भूमिश्वर ढकाल, पोखरेलको सचिवालयका तिरण गौतम र एमाले दाङका नेता मानबहादुर रावतलाई हदैसम्मको कारबाहीको माग गरेकी छिन्।
त्यस्तै रुपन्देही प्रहरी प्रवक्ता सत्यनारायण थापाले वलीले बुटवलमा किटानी जाहेरीका लागि पत्र बुझाएको पुष्टि गरे। उनले जाहेरी दाङमा दर्ता गराउन सुझाव दिएको बताए। ‘हामीकहाँ आउनुभएको थियो, हामीले यसलाई दाङमै दर्ता गरेर अघि बढाउँदा उपयुक्त हुन्छ भन्ने सुझाव दिएका हौं-उनले भने। वली र माओवादी केन्द्रका प्रमुख सचेतक तुलाराम घर्तीले इलाका प्रहरी कार्यालय बुटवलका प्रमुख डीएसपी मदन कुँवरलाई किटानी जाहेरी बुझाएको र उनले घटनाको शुरुवात भएको स्थान दाङमै उजुरी दर्ता गर्ने प्रतिवद्धता सहितको पत्र दिएका छन्।
‘हामीले प्रदेश प्रहरी कार्यालय दाङसँग परामर्श गरी इलाका प्रहरी कार्यालय बुटवलमा दर्ता गर्न गएका थियौं, माओवादी केन्द्रका प्रमुख सचेतक तुलाराम घर्तीले भने-उहाँले घटनाको शुरुवात भएकै स्थानमा दर्ता गरिदिन्छौं भन्ने प्रतिवद्धतासहितको पत्र हामीलाई दिनुभएको छ।’
यस्तै दाङ प्रहरीले भने जाहेरी आफुकहाँ आइनपुगेको बताएको छ । दाङ प्रहरी प्रवक्ता सुरेश काफ्लेले दाङमा उजुरी आइनपुगेको बताए। वलीले दिएको उजुरी अनुसार अदालतले कसुर ठहर गरेमा पोखरेलसहित ४ जनालाई ७ वर्षदेखि १० वर्षसम्म कैद र सत्तरी हजारदेखि १ लाख रुपैयाँसम्म जरिवाना हुनसक्ने व्यवस्था मुलुकी अपराध संहिता २०७४ले व्यवस्था गरेको छ ।साभार लुम्बिनी टाइम्स
