बाँके । नेपाल पत्रकार महासंघ बाँके शाखाले पहिलोपटक नेपालको राष्ट्रिय झण्डा र पत्रकार महासंघको झण्डा कार्यालयमा राखेको छ ।
नेपाल पत्रकार महासंघ बाँकेका अध्यक्ष दामोदर भण्डारी,कार्य समिति सदस्यहरुले कार्यालयको छतमा झण्डा राखेका छन् । नेपाल पत्रकार महासंघ बाँकेले पछिल्लो समय कार्यालय रङरोगन श्रृंगार समेत गरेको छ ।
त्यस्तै महासंघका सचिव कलम डाँगीले आफ्नो सामाजिक सञ्जालमा उक्त विषय उल्लेख गर्दै झण्डा स्थापना गरिएको तस्विर सार्वजनिक गरेको बाँकेका पत्रकार मिराज सल्मानीले जानकारी दिएका हुन् ।