ओमप्रकाश गुप्ता/सिसहनिया शुक्रबार, भाद्र १८, २०७८

दाङ । रेडियो राप्ती तथा राप्ती टेलिभिजनका सहायक स्टेशन म्यानेजर तथा सहायक समाचार प्रमुख सन्तोष कुमार गुप्ताले रक्तदान गर्नु भएको छ । गुप्ताले आफ्नो ३२ औं जन्म दिनको अवसरमा नेपाल रेडक्रस सोसाइटी रक्त सञ्चार सेवा केन्द्र लमहीमा पुगेर रक्तदान गर्नु भएको हो ।

“रक्तदान जीवन दान” भन्ने कुरालाई आत्मसाथ गर्दै समाजमा सामाजिक कार्य गरौं भन्ने संदेश पुगोस भनेर आफुले रक्तदान गरेको गुप्ताले बताउनु भयोे । त्यसै गरी गुप्ताले राप्ती गाउँपालिका ८ पिपरीमा रहेको निलसागर सेवा आश्रममा सडक आश्रिम आमाबुवाहरुलाई फलफूल र मिठाई वितरण समेत गर्नु भएको छ । आश्रममा गएर गुप्ताले फलफूल र मिठाई प्रदान गरेर आर्शिवाद लिनु भएको छ ।

जन्म दिनमा बढ्दै गैरहेको बिकृतीलाई रोक्न म जस्ता जिम्मेवार सबै युवाले रक्तदान गर्नु पर्ने गुप्ताले भन्नु भयो । रगतको अभावले कसैले पनि अकालमा ज्यान गुमाउँन नपरोस, रगतको अभावमा छट्पटाईरहेका बिरामीले सहजै रगत पाओस भन्ने मनसायले रक्तदान गरेको उहाँको भनाई छ । त्यस्तै आश्रममा रहेका बेसहारा आमा बुवाहरुलाई उहाँहरुको स्वास्थ्यमा केहि फाइदा गरोस भन्नका लागि आफुले फलफूल प्रदान गरेको बताउनु भयो ।

हाम्रो टीम

संचालक तथा प्रबन्ध निर्देशक: मेगमन बुढा
सह-संचालक:विष्णु (वली) बुढा
सम्पादक : कृष्ण जि.एम
निर्देशक: भानु जोशी
सह-सम्पादक: टेकेन्द्र वली
क्राईमबिट प्रमुख : सागर थापा
जिल्ला ब्युरो: टेकबहादुर पुन
कार्यक्रम प्रमुख : मान ब.राना ‘ मानव’
प्रमुख सम्बाददाता : इराधा झाक्री मगर
वरिष्ठ सम्बाददाताहरु : शिवराज पन्थी, खडग ओली, तुलबहादुर कुँवर मगर,
जयप्रकाश पौडेल
सम्बाददाताहरु : टोपेन्द्र खनाल, शिव बस्नेत
सल्लाहकारहरु : बिपुल पोख्रेल, उदय जि.एम
कानुनी सल्लाहकार: वरिष्ठ अधिवक्ता रेवतीरमण भट्टराई
प्राविधिक :राजन चौधरी
क्यामेरा प्रमुख :नवराज गुरुङ

सामाजिक संजाल

सम्पर्क

एम.बि.के.एन मिडिया प्रा.लिद्वारा संचालित सिधा-पत्र डटकम
# सूचना तथा प्रसारण विभाग दर्ता नं . :– २४५९/०७७-०७८
#कम्पनी दर्ता नम्बर:- २४५५०७
# ठेगाना :- राजपुर गा.पा-२ दाङ,लुम्बिनी प्रदेश नेपाल
# सम्पर्क : – ९८५७८४०५१७
# बिज्ञापन : – ९८०९५६३२३६
# इमेल :- [email protected]