दाङ । आम्दा नेपालद्धारा बिहिवार गढवा गाउँपालिकाका दुई स्थानहरुमा गाउँघर स्वास्थ्य क्लिनीकको शिलान्यास गरिएको छ । गढवा गाउँपालिकासंगको समन्वय र सहकार्यमा बिगत तिनबर्ष अगाडी देखि स्वास्थ्यको क्षेत्रमा काम गर्दै आएको आम्दा नेपालको मातृशिसु स्वास्थ्य परियोजनाले गढवा ६ को दुर्गम स्थान खबरीखुटी र वडानं. ५ को कक्रहवामा गाउँघर स्वास्थ्य क्लिनीक भवन बनाउन सुरुवात गरेको कार्यक्रम प्रबन्धक राजेन्द्र रुचालले जानकारी दिनुभयो ।
बिहिवार गढवाको खबरीखुटीमा गाउँपालिकाका अध्यक्ष सहजराम यादव र वडानं. ६ का वडा अध्यक्ष वालचन्द्र ठकूरी हमालले एक कार्यक्रमका बिच गाउँघर स्वास्थ्य क्लिनीकको शिलान्यास गर्नुभएको छ । त्यसैगरी वडानं. ५ को कक्रहवामा गाउँपालिकाका अध्यक्ष सहजराम यादवले एक कार्यक्रमबिच स्वास्थ्य क्लिनीक भवनको शिलान्यास गर्नुभएको छ । आम्दा माइण्ड्स जापानको आर्थिक सपोर्टमा आम्दा नेपालको मातृशिसु स्वास्थ्य परियोजनाले गढवाका बिभिन्न वडाहरुमा सामुदायिक स्वास्थ्य इकाई भवन र गाउँघर क्निक भवनहरु बनाउदै आएको परियोजनाका प्रबन्धक राजेन्द्र रुचालले जानकारी दिनुभयो ।
यसै क्रममा १८ लाख ८ हजार २ सय ४७ को लागतमा गढवाको खबरीखुटीमा तथा १७ लाख ८० हजार ६ सय ६१ को लागतमा गढवाको कक्रहवामा स्वास्थ्य क्निीक भवन बनाउन थालीएको परियोजनाले जानकारी दिएको छ । यस अघि गढवाको महदेवा र गोबरडिहा गरि दुई स्थानमा सामुदायिक स्वास्थ्य इकाई भवनहरु शिलान्यास गरी निर्माणको अन्तिम चरणमा पुगेको प्रबन्धक रुचालले जानकारी दिनुभयो । आम्दा नेपाललाई गढवामा ल्याउन आफूहरुले निकै कोशिस गरेको र आम्दासंगको समन्वय सहकार्यमा गढवा गाउँपालिकाको स्वास्थ्य क्षेत्रमा महत्वपुर्ण भौतिक संरचनाहरु निर्माण भएका गाउँपालिकाका अध्यक्ष सहजराम यादवले बताउनुभयो । आम्दा नेपालले गढवा गाउँपालिका क्षेत्रमा हालसम्म ८ वटा भवनहरु बनाई सकेको उहाँले शिलान्यास कार्यक्रममा जानकारी दिनुभयो ।
स्वास्थ्यको पहुँच नपुगेका दुर्गम बस्तिहरुलाई केन्द्रित गर्दै स्वास्थ्यका भौतिक संरचना बनाइएको र सबै कामहरु गाउँपालिकासंगको समन्वय सहकार्यमा भै रहेको अध्यक्ष यादवले बताउनुभयो । यस बाहेक स्वास्थ्य सचेतनाका बिभिन्न कार्यक्रमहरु आम्दाद्धारा संचालन भै रहेको र स्वास्थ्यको क्षेत्रमा आम्दासंगको सहकार्यमा महत्वपुर्ण कामहरु भएको अध्यक्ष यादवले जानकारी दिनुभयो । स्वास्थ्य इकाई र गाउँघर क्लिनीक भवनहरु बनाउन ड्रिमवे निर्माण कम्पनि,चन्द्रागिरी काठमाडौले ठेक्का लिएको कार्यक्रममा बतायएको हो ।