
Rgp
Rgp
Lnp
Dus
Usb
Ggp
Pbu
Lks
Ggp
Sgp
Rgp
Dbs
Rgp
Asb
lnp
ksb
Jns


दाङ । देउखुरीको लमही बजारमा भायानेटको २८औं शाखा कार्यालय उद्घाटन भएको छ । कार्यालयको लमही नगरपालिकाका उपप्रमुख देबका बेल्बासेले उद्घाटन गरेकी हुन् ।
भायानेटको उद्घाटन गर्दै उपप्रमुख बेल्बासेले ईन्टरनेटको दुनियाँमा दैनिक जसो नेटको कम्पनीहरु थपिदै जानु अत्यन्तै खुसीको कुरा भएको बताइन् । ‘‘संख्यात्मक हिसाबले भन्दा पनि गुणात्मक रुपमा सेवाग्राहीलाई सेवा दिन सक्नु नै मुख्य चुनौती छ, यो कुरालाई ख्याल गर्नु होला’’– उनले भनिन् ।
यो भायानेटले देशका १९ वटा जिल्लाका २३ वटा शहरमा सेवा दिदै आएको छ । लमहीमा २८औं शाखाको रुपमा सोमबारदेखि सेवा शुरु गरेको छ । यस क्षेत्रका सेवाग्राहीको मागलाई मध्यनजर गर्दै सेवा प्रवाह गरिने लमही शाखाका प्रमुख सन्जु पोख्रेलले जानकारी दिए ।
भायानेटका केन्द्रीय प्रशासनिक अधिकृत अमन अन्सारीले नेटको बारेमा उपस्थित सबैलाई जानकारी गराएका थिए । भायानेट लमही शाखाका प्रमुख सन्जु पोख्रेलको अध्यक्षता तथा लमही नगरपालिकाका उपप्रमुख देबका बेल्बासेको प्रमुख आतिथ्यतामा भएको उद्घाटन कार्यक्रममा कार्यालयकी सरस्वता गोराथोकीले स्वागत मन्तव्य गरेकी दिएकी थिइन् भने कार्यक्रमको सहजीकरण पत्रकार प्रिया स्मृती गजमेरले गरेका थिए ।
यसैबिच देउखुरी उद्योग वाणिज्य संघका अध्यक्ष खगेश्वर खनाल सेवाग्राहीलाई खुशी बनाएर व्यवसाय गर्न व्यवसायीलाई आग्रह गरे । दाङको लमही स्थित श्रीष्टी टेलरको शाखाको उद्घाटन गर्दै अध्यक्ष खनालले व्यापार गर्दा व्यापारीले जहिले पनि ग्राहकको मन जित्ने खालको व्यवहार गर्नुपर्ने, सेवाग्राही फेरि पनि पसलमा आउने वातावरण गर्ने, मिजासिलो र व्यवहारिक भएमा कहिले पनि व्यापारमा घाटा नहुने तर्क गरे ।
टेलरका संचालक कैलाश सुनामको अध्यक्षता तथा देउखुरी उद्योग वाणिज्य संघका अध्यक्ष खगेश्वर खनालको प्रमुख आतिथ्यतामा भएको उद्घाटन कार्यक्रमको सहजिकरण प्रकाश खनालले गरेका थिए ।तुलसीपुर अनलाइन
