
Dus
Rgp
Ggp
ksb
Jns
Asb
Sgp
lnp
Lnp
Rgp
Usb
Rgp
Ggp
Lks
Rgp

lms

दाङ । देउखुरीको गढवा–६ हाँसीपुरकी ८४ वर्षिय बयोबृद्ध आमा कला सुवेदीले सम्मान कार्यक्रममा आशिष दिदै भन्नु भयो–नातिहरु डाक्टर बनेर हाम्रो उवार गर्न आए । गाउँका नातिहरुले डाक्टर पढ्नका लागि एमबिबिएसमा नेपाल सरकारको कोटाबाट नाम निकालेका हुनाले हामीलाई खुसी लागेको छ–उहाँले भन्नु भयो ।
आज हाम्रो छाति खुसीले फुलिएको छ–डाक्टर भएर गाउँकै सेवामा आउनु । हामी बिरामी हुँदा गाउँमा आएर दवाई पानी गर्नु । डाक्टर बनेर देशको सेवा गर्नु–कार्यक्रममा उपस्थित बयोबृद्ध समाजसेवी इश्वरी आचार्यले भन्नु भयो । कार्यक्रममा उपस्थित ७३ बर्षिय टिका पोखे्रलले खुसी हुदै भन्नु भयो–नातिहरु डाक्टर बनेपछि हामीलाई पनि औषधिमूलो गरि सेवा गर्नु । प्रसंग सोमवार गढवा–६ हाँसीपुरमा आमा समूहद्धारा आयोजित बिद्यार्थी सम्मान कार्यक्रमको हो ।
त्यस गाउँका दिप्सन आचार्य र सुदिन भुसालले एमबिबिएस पढ्नका लागि नेपाल सरकारबाट १०० प्रतिशत स्कलरसिप कोटामा नाम निकालेका थिए । सोमवार सयपत्री स्वस्थ आमा समूह गढवा–६ ले गाउँका २ जना युवाहरु नेपाल सरकारको स्कलरसिपको एमबिबिएस कोटामा नाम निकाल्न सफल भएकोमा आचार्य कुलपूजा प्रतिक्षालयमा बधाई तथा सम्मानको कार्यक्रम राखेको थियो ।
आमा समूहका अध्यक्ष शान्ता आचार्यको अध्यक्षता र समूहका बयोबृद्ध सदस्य मिना खनालको प्रमुख आतिथ्यमा बधाई शुभकामना तथा सम्मान कार्यक्रमको आयोजना गरिएको हो । कार्यक्रममा बोल्दै बिद्यार्थी सुदिन भुसालका बुवा नरेश्वर भूसालले डाक्टर भएर गाउँ समाज र देशको सेवा गर्नु तर भ्रष्टाचार कहिल्यै नगर्नु भन्दै शुभकामना दिनुभयो ।
त्यस्तै कार्यक्रममा बोल्दै एमबिबिएस कोटाको छात्रबृत्तिमा नाम निकाल्न सफल अर्का बिद्यार्थी दिप्सन आचार्यका बुबा दिनमणि आचार्यले छोराले यस क्षेत्रकै गरिमा बढाएकोमा गर्भ लागेको बताउदै डाक्टर बनेर आएपछि देश र जनताको सेवामा निस्वार्थ खट्न आव्हान गर्नुभयो । कार्यक्रममा शान्ता जिसी आचार्य,पत्रकार शिबराज पन्थी,महिला स्वास्थ्य स्वयंसेविका बसन्ता खनाल लगायतले बधाई तथा शुभकामना दिनुभएको थियो ।
सो अवसरमा प्रमुख अतिथी र स्वयंसेविकाद्धारा दुवैलाई सम्मान पत्रले सम्मान गरिएको थियो भने उपस्थित आमा समूहका पदाधिकारीहरुबाट फूलमाला र अबिर लगाएर शुभकामना प्रदान गरिएको थियो । गाउँका अन्य बिद्यार्थीहरुलाई पनि हौसला प्रदान गर्ने हेतुले आमा समूहले यस्तो सम्मान कार्यक्रम राखेको अध्यक्ष शान्ता आचार्यले भन्नुभयो ।
यसै बर्षको एमबिबिएस छात्रबृत्ति कोटामा नाम निकालेका धनकुटा स्थित सवेला गिरोहाई गाउँपालिका–१० का आशिष झा लाई सबैखर्च स्थानीय पालिका सरकारले ब्यहोर्नेगरि सम्मान कार्यक्रमको आयोजना गरेको संचार माध्यममा देखेर यो कार्यक्रम राख्ने सोंच बनेको आमा समूहका सचिव बिनिता आचार्यले कार्यक्रममा बोल्दै सबैलाइृ जानकारी दिनुभयो ।
दिप्सन आचार्य र सुदिन भुसाल दुवै बामपन्थी पृष्ठभूमि परिवारका सन्तान हुन् । दिप्सनका बुवा दिनमणि आचार्य सामाजिक तथा राजनितिक क्षेत्रमा कार्यरत ब्यक्तित्व हुनुहुन्छ भने आमा राधा पाण्डे आचार्य शिक्षक हुनुहुन्छ । त्यस्तै सुदिन भुसालका बुवा शिक्षक हुनुहुन्छ भने आमा गृहणि हुनुहुन्छ । दुबैको परिवार सामान्य र मध्यमवर्गि परिवार हो । दिप्सन गढवा स्थित बुद्धज्योति माबिबाट हाइस्कूल पासगरि काठमाण्डौ भक्तपुर स्थित एसओएस कलेजमा अध्ययनरत थिए भने सुदिन गढवाको जनता माबि बाट हाइस्कूल पास गरि घोराही स्थित गोर्खा कलेजमा अध्ययनरत थिए । दुबैले यो बर्षको नेपाल सरकारको स्कलरसिप कोटाबाट एमबिबिएसमा नाम निकालेका हुन् ।
