
Nssbus7
Gsbus
Ddhbs
Csbus
Ratbs
Bksbus5
Rbs
syysr
Jsbus
Ssbus
Amb
Syees
gms
Gsl
Pbu
dsbus

Rgu
Rgs
Bbbpu
Ssm
Rsb
Wsp
Gst
Tsm
Vor
nsb
Pvg
Sls
Bbu
Hal
Ksm
Sbs
Ggd
Rgu
Asm

Rmb
Pls
Mks
Rpp
Bml
sab
Syp
Gsb
bbt
Jmb
Ptm
Abd
Jmb
परासी। अनेरास्ववियू पश्चिम नवलपरासीले प्रविधिको माध्यमबाट कक्षा सञ्चालन गर्न माग गरेको छ । कोभिड–१९ को जोखिमलाई मध्यनजर गर्दै परीक्षा स्थगित भएपछि एसईई तथा कक्षा ११, १२ का विद्यार्थीहरु मर्कामा परेको अनेरास्ववियूले जनाएको छ । विद्यार्थीले घरमै बसी अनलाईन कक्षा लिने व्यवस्था गर्नुपर्ने सङ्गठनको माग छ । लामो समयदेखि मुलुक बन्दाबन्दी हुँदा परीक्षाको अन्तिम तयारीमा रहेका विद्यार्थीमा नकरात्मक प्रभाव पर्न सक्ने भएकोले सार्वजनिक सञ्चारमाध्यम वा अनलाईन लगायतका प्रविधिको प्रयोगबाट कक्षा सञ्चालनको व्यवस्था गर्नुपर्ने अनेरास्ववियूका जिल्ला संयोजक शुसान्त शर्मा घिमिरेले जोड दिनुभयो ।
घरमा बसिरहँदा विद्यार्थीहरुले पहिला पढेका कुराहरु पनि विर्सने र लकडाउन लम्बिँदै जाँदा भयभित हुनुका साथै पढाई प्रति रुची नलाग्ने समस्या बढ्दै गएको उहाँले बताउनुभयो । अनेरास्ववियूले अन्य कक्षाका विद्यार्थीको सन्दर्भमा पनि शिक्षक, विद्यार्थी र अभिभावक निरन्तर सम्पर्कमा रहने गरी विद्यार्थीका सिर्जनात्मक र रचनात्मक कार्यलाई निरन्तरता दिन उत्प्रेरणामूलक कार्यहरु गर्न वैकल्पिक माध्यमबाट सहजीकरण गर्न माग गरेको छ । लकडाउनको समयलाई सदुपयोग गर्दै शिक्षण विधीलाई सिर्जनात्मक र कलात्मक ढङ्गबाट योजना बनाई लागु गर्नुपर्ने सङ्गठनका सहसंयोजक विशाल गिरीले बताउनुभयो । अनेरास्ववियूले शिक्षाको वार्षिक बजेटमा वृद्धि गरी प्रविधिमैत्री शिक्षण विधी लागू गर्न पनि स्थानीय तहको ध्यानाकर्षण गराएको छ ।
