मेगमन बुढा शुक्रबार, भाद्र ०४, २०७८

दाङ । देउखुरीको राजपुर गाउँपालिका वडा नम्बर ३ भैसहवा-करंगा जोड्ने बाटोमा पहिरो खस्दा दैनिक आवतजावतमा समस्या भएको छ ।गएको बुधबार राति परेको ठुलो वर्षाको कारण बाटो माथिबाट पहिरो झरेर पुरै हिलियाम बनेको छ भने मुनीबाट पनि खसेको कारण आवागमनमा समस्या भएको शंकर प्राथमिक विद्यालयका प्रधानाध्यापक दिपेन्द्र कुमार शुक्लले जानकारी दिनु भयो ।त्यस्तै उक्त बाटोमा ठुला रुखहरु ढल्नुका साथै हिलियाम भएको कारण सवारीसाधन आवतजावतमा कठिनाइ भएको छ । यस्तै त्यहाँका नागरिकहरु पनि मुस्किलले जाने र आउने गरिरहेको प्रधानाध्यापक शुक्लले बताउनु भएको हो ।हामी शिक्षकहरु दैनिकी विद्यालय जानू पर्छ,हामीलाई पनि धेरै समस्या छ । तर हामीलाई भन्दा पनि करंगा बासी बिरामी भएमा र कोही महिला दिदीबहिनीहरु सुत्केरी भए खण्डमा रातबिरतको समय एम्बुलेन्सबाट स्वास्थ्य चौकी पुराउन गाह्रो छ । सो बाटोलाई सम्बन्धित निकायले छिटोभन्दा छिटो मर्मत गरि दिएमा त्यहाँका नागरिकलाई सास्ती खेप्नबाट राहत मिल्ने थियो सिधापत्रसंग प्रधानाध्यापक शुक्लले भन्नू भयो ।त्यस्तै यता सम्बन्धित वडा कार्यालयका वडा अध्यक्ष रामछोरे यादवले अहिले गाउँपालिकाको डोजर बिग्रीएको हुँदा तत्काल पठान नसकिएको बताउनु भएको छ । पहिरो गएको स्थानमा स्थलगत पुगेर मैले हेरेको छु र म आउँदो आइतबार गाउँपालिका पुगेर गाउँपालिकाको डोजर तत्काल बनाउन लगाएर त्यहाँ पठाउ छु अध्यक्ष यादवले भन्नू भएको छ ।

हाम्रो टीम

संचालक तथा प्रबन्ध निर्देशक: मेगमन बुढा
सह-संचालक:विष्णु (वली) बुढा
सम्पादक : कृष्ण जि.एम
निर्देशक: भानु जोशी
सह-सम्पादक: टेकेन्द्र वली
क्राईमबिट प्रमुख : सागर थापा
जिल्ला ब्युरो: टेकबहादुर पुन
कार्यक्रम प्रमुख : मान ब.राना ‘ मानव’
प्रमुख सम्बाददाता : इराधा झाक्री मगर
वरिष्ठ सम्बाददाताहरु : शिवराज पन्थी, खडग ओली, तुलबहादुर कुँवर मगर,
जयप्रकाश पौडेल
सम्बाददाताहरु : टोपेन्द्र खनाल, शिव बस्नेत
सल्लाहकारहरु : बिपुल पोख्रेल, उदय जि.एम
कानुनी सल्लाहकार: वरिष्ठ अधिवक्ता रेवतीरमण भट्टराई
प्राविधिक :राजन चौधरी
क्यामेरा प्रमुख :नवराज गुरुङ

सामाजिक संजाल

सम्पर्क

एम.बि.के.एन मिडिया प्रा.लिद्वारा संचालित सिधा-पत्र डटकम
# सूचना तथा प्रसारण विभाग दर्ता नं . :– २४५९/०७७-०७८
#कम्पनी दर्ता नम्बर:- २४५५०७
# ठेगाना :- लमही न.पा-५ दाङ,लुम्बिनी प्रदेश नेपाल
# सम्पर्क : – ९८५७८४०५१७
# बिज्ञापन : – ९८०९५६३२३६
# इमेल :- [email protected]