
Ppu
Ddh
gms
Sys
Rus
jmb
Asm
sks
jms
Ssbus
smb
Gsbus
Rg-9
Bpb

bml
bmj
Rys
Ln3
Ln1
Usb
Ssb
Gg1
cks
Ln7
Ln2
Tsb
Hl1
Asm
Gg5
Ln9
Ln8
Sbs
Dps
Gsb

Jab
Rgu
Sbs
Gg3
Jpb
Gjl
Gg4
Gg6
Ksb
Rss
Gg2
Snk
Nps
Bpb
ptl
Sml
Sab
दाङ । देउखुरीको राजपुर गाउँपालिका वडा नम्बर ३ भैसहवा-करंगा जोड्ने बाटोमा पहिरो खस्दा दैनिक आवतजावतमा समस्या भएको छ ।
गएको बुधबार राति परेको ठुलो वर्षाको कारण बाटो माथिबाट पहिरो झरेर पुरै हिलियाम बनेको छ भने मुनीबाट पनि खसेको कारण आवागमनमा समस्या भएको शंकर प्राथमिक विद्यालयका प्रधानाध्यापक दिपेन्द्र कुमार शुक्लले जानकारी दिनु भयो ।
त्यस्तै उक्त बाटोमा ठुला रुखहरु ढल्नुका साथै हिलियाम भएको कारण सवारीसाधन आवतजावतमा कठिनाइ भएको छ । यस्तै त्यहाँका नागरिकहरु पनि मुस्किलले जाने र आउने गरिरहेको प्रधानाध्यापक शुक्लले बताउनु भएको हो ।
हामी शिक्षकहरु दैनिकी विद्यालय जानू पर्छ,हामीलाई पनि धेरै समस्या छ । तर हामीलाई भन्दा पनि करंगा बासी बिरामी भएमा र कोही महिला दिदीबहिनीहरु सुत्केरी भए खण्डमा रातबिरतको समय एम्बुलेन्सबाट स्वास्थ्य चौकी पुराउन गाह्रो छ ।
सो बाटोलाई सम्बन्धित निकायले छिटोभन्दा छिटो मर्मत गरि दिएमा त्यहाँका नागरिकलाई सास्ती खेप्नबाट राहत मिल्ने थियो सिधापत्रसंग प्रधानाध्यापक शुक्लले भन्नू भयो ।
त्यस्तै यता सम्बन्धित वडा कार्यालयका वडा अध्यक्ष रामछोरे यादवले अहिले गाउँपालिकाको डोजर बिग्रीएको हुँदा तत्काल पठान नसकिएको बताउनु भएको छ । पहिरो गएको स्थानमा स्थलगत पुगेर मैले हेरेको छु र म आउँदो आइतबार गाउँपालिका पुगेर गाउँपालिकाको डोजर तत्काल बनाउन लगाएर त्यहाँ पठाउ छु अध्यक्ष यादवले भन्नू भएको छ ।
