
mbd
Rbs
Gisld
Mbdvs
Sds
Pbu

Sls
Pvg
Ssm
Bbu
Gst
Vor
Tsm
Rgs
Asm
Hal
Sbs
Rgu
Rsb
nsb
Rgu
Bbbpu
Ksm
Ggd
Wsp

Syp
Rmb
Jmb
Rpp
Bml
Gsb
Pls
Abd
sab
Jmb
Mks
Ptm
bbt
दाङ । गढवा गाउँपालिकासंगको समन्वय र सहकार्यमा आम्दा माइन्ड्स जापानको सहयोगमा आम्दा नेपालद्धारा संचालित कार्यक्रमहरुको समिक्षा गरिएको छ । आम्दा नेपालको मातृशिसु स्वास्थ्य परियोजनाले गढवा गाउँपालिकाका बिभिन्न क्षेत्रहरुमा संचालन गरेका कार्यक्रमहरुको अर्धबार्षिक समिक्षा तथा परियोजना सल्लाहकार समिति बैठक बिहिवार गढवामा सम्पन्न भएको हो ।
गढवा गाउँपालिकाका अध्यक्ष सहजराम यादवको अध्यक्षतामा भएको कार्यक्रममा बोल्दै गाउँपालिकाका उपाध्यक्ष शान्ती चौधरीले आम्दा नेपालले गढवा गाउँपालिकालाई स्वाथ्यकोे क्षेत्रमा निकै राम्रो सहयोग गरिरहेको बताउनुभयो । कार्यक्रममा गाउँपालिकाका अध्यक्ष यादवले आम्दा नेपालले गाउँपालिकासंग समन्वय सहकार्य गर्दै स्वास्थ्य क्षेत्रमा भौतिक निर्माण देखि सामुदायिक स्वास्थ्य सचेतनामा महत्वपुर्ण काम गरेको भन्दै धन्यवाद ब्यक्त गर्नुभयो ।
कार्यक्रममा आम्दा माइण्ड्सका प्रदिपराज पन्त,गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत लालबहादुर योगी,वडा अध्यक्षहरु,बिषयगत शाखाका कर्मचारीहरु,स्वास्थ्य संयोजक कैलाश चौधरी,आम्दा नेपालका अच्युत सापकोटा तथा आम्दा नेपालका कार्यक्रम प्रबन्धक राजेन्द्र रुचाल लगायतको सहभागिता रहेको थियो ।
कार्यक्रममा परियोजनाले बिगत ६ महिना सम्म गरेका कामहरु र आगामी ६ महिना सम्म संचालन गर्ने कार्यक्रमहरुको बारेमा प्रबन्धक रुचालले जानकारी गराउनु भएको थियो ।
त्यस्तै आम्दा नेपालले गढवा गाउँपालिकाका बिभिन्न वडा तथा दुर्गम बस्तिहरुमा नागरिकहरुलाई स्वास्थ्य सेवाको पहुँच पुर्याउन भौतिक निर्माण र सामुदायिक स्वास्थ्य सचेतनाका गतिविधिहरु संचालन गरेको कार्यक्रममा जानकारी गराइएको छ । जस अनुसार गढवा–२ को महदेवा र गढवा ३ को गोबरडिहामा यसबर्ष सामुदायिक स्वास्थ्य इकाई भवनहरु बनाउदै गरेको र गढवा ५ कक्रहवा तथा गढवा ६ खबरीमा गाउँघर क्लिनीक भवनहरु बनाउने तयारी गरेको बताइएको हो । यसका अलावा अन्य स्थानमा निर्माण भै संचालनमा रहेका गाउँघर क्लिनिक र सामुदायिक स्वास्थ्य इकाई ब्यवस्थापन समितिका पदाधिकारी तथा स्वास्थ्यकर्मिहरुलाई संचालन ब्यवस्थापन क्षमता अभिबृद्धि, आमा समूह तथा महिला स्वासथ्य स्वयंसेविकाहरुलाई क्षमता बिकास,८ जना स्वास्थ्यकर्मिहरुलाई इम्प्लाण्ट तालिम,गर्भवती आमा र उनका श्रीमानहरुलाई गर्भजाँच र स्याहार सम्बन्धि १ सय,१९ जनालाई अभिमुखिकरण र अन्तर्राष्ट्रिय स्तनपान सप्ताहमा पालीकाका दुर्गम बस्तिहरुमा १ सय ११ जना आमाहरुलाई सचेतना प्रवाह गरिएको कार्यक्रम प्रबन्धक रुचालले जानकारी दिनुभयो ।
यसैगरि बिश्व स्वास्थ्य दिवसमा आमा समूहहरु बिच स्वास्थ्य हाजिरी जवाफ,स्वयंसेविका मार्फत ७२ स्थानमा आमा समूहका बैठकमा सहजीकरण,खोप क्लिनीक र गाउँघर क्लिनीकमा स्वास्थ्य संस्थाहरुलाई सपोर्ट तथा सुरक्षित मातृत्वव संसार रेडियो कार्यक्रम समेत संचालन गरिएको सो अवसरमा जानकारी गराइएको थियो । कार्यक्रममा आगामी ६ महिनामा गरिने कार्यक्रमका बारेमा पनि परियोजना सल्लाहकार समितिलाई जानकारी गराइएको थियो । आम्दा नेपालका सामुदायिक स्वास्थ्य परिचालक सुनिता चौधरीको स्वागत मन्तबयबाट सुरु भएको कार्यक्रमको संचालन सा.स्वा.प.बर्षा पाण्डेयले गर्नुभएको थियो ।
