Sidha Patra बुधबार, भाद्र ०२, २०७८

रुपन्देही । लुम्बिनी प्रदेशका मुख्यमन्त्री कुलप्रसाद केसी (सोनाम)ले सुरक्षामा कटौती गरेका छन् ।

यस्तै उनले स्कटिङमा खट्दै आएका आधा सुरक्षाकर्मी घटाएका छन् । के.सीले सुरक्षामा खटिएका सशस्त्र प्रहरीलाई फिर्ता पठाएका हुन् । प्रहरी नायब निरीक्षकको कमाण्डमा रहेको सात जनाको प्रहरी टोलीलाई केसीको निर्देशनमा फिर्ता पठाइएको हो ।

मुख्यमन्त्री कार्यालयका अनुसार यस अघि मुख्यमन्त्री शंकर पोख्रेलले स्कटिङमा १४ जना सुरक्षाकर्मी प्रयोग गर्दै आएका थिए । खटिएका सुरक्षाकर्मीमध्ये नेपाल प्रहरीको सात जनाको ‘अगुवा’ र सशस्त्र प्रहरीको सोही संख्यामा ‘पछुवा’ थिए । ती सुरक्षाकर्मीहरु मुख्यमन्त्री केसीले पदभार ग्रहण गरेसँगै हटाएका हुन् ।

त्यस्तै मुख्यमन्त्री केसीले जननिर्वाचित प्रतिनिधि जनतामा जाँदा असुरक्षाको महसुस गर्नुपर्ने अवस्था नरहेको बताए । उच्चपदस्थको सुरक्षाको नाममा अनावश्यक जनशक्ति खटाउँदा जनसुरक्षामा असर पर्ने उनको भनाइ छ । अहिले प्रदेश सरकारले सुरक्षाकर्मी परिचालनमा नयाँ कार्ययोजना बनाउने तयारी गरिरहेको छ ।

हाम्रो टीम

संचालक तथा प्रबन्ध निर्देशक: मेगमन बुढा
सह-संचालक:विष्णु (वली) बुढा
सम्पादक : कृष्ण जि.एम
निर्देशक: भानु जोशी
सह-सम्पादक: टेकेन्द्र वली
क्राईमबिट प्रमुख : सागर थापा
जिल्ला ब्युरो: टेकबहादुर पुन
कार्यक्रम प्रमुख : मान ब.राना ‘ मानव’
प्रमुख सम्बाददाता : इराधा झाक्री मगर
वरिष्ठ सम्बाददाताहरु : शिवराज पन्थी, खडग ओली, तुलबहादुर कुँवर मगर,
जयप्रकाश पौडेल
सम्बाददाताहरु : टोपेन्द्र खनाल, शिव बस्नेत
सल्लाहकारहरु : बिपुल पोख्रेल, उदय जि.एम
कानुनी सल्लाहकार: वरिष्ठ अधिवक्ता रेवतीरमण भट्टराई
प्राविधिक :राजन चौधरी
क्यामेरा प्रमुख :नवराज गुरुङ

सामाजिक संजाल

सम्पर्क

एम.बि.के.एन मिडिया प्रा.लिद्वारा संचालित सिधा-पत्र डटकम
# सूचना तथा प्रसारण विभाग दर्ता नं . :– २४५९/०७७-०७८
#कम्पनी दर्ता नम्बर:- २४५५०७
# ठेगाना :- राजपुर गा.पा-२ दाङ,लुम्बिनी प्रदेश नेपाल
# सम्पर्क : – ९८५७८४०५१७
# बिज्ञापन : – ९८०९५६३२३६
# इमेल :- [email protected]