दाङ । देउखुरीको राप्ति गाउँपालिका वडा नम्बर १ भालुबाङ्का १८ वर्षीय मुक्ति पुन मगर को अज्ञात सर्पको टोकाइबाट मृत्यु भएको छ ।
पुन गएराती ११ बजेतिर शौचालयमा जानको लागि टेबलको मोबाईल झिक्न जाने क्रममा सर्पले टोकेको हो । उनलाई सर्पले घर भित्र नै टोकेको परिवार स्रोतले जनाएको छ । हाल कक्षा ९ मा पढ्दै गरेका पुनलाई गोर्सिङे सर्प दँस अस्पतालमा पुर्याउदा पुर्याउदै बाटाेमा आधी श्वास गैसकेको र अस्पताल पुर्याउदा बित्तिकै अस्पतालले उनलाई मृतक घोषणा गरिदिएको मृतक पुनका दिदीले बताए ।
त्यस्तै मृतक पुनका बुवा-आमा पहिले नै मरिसकेका थिए । उनि हाल भालुबाङमा आफ्नो ठुलो बुवा र ठुली आमा संगै बसेर पढ्ने गरेका थिए । यस्तै पुनका दाइ,भाइ र एउटी मात्र दिदी रहेका छन् । पुन माइलो छोरो हुन् । पुनलाई विषालु सर्पको टोकाई पछि छित्तै नै उपचार नपाएर मृत्यु हुन सकेको प्रत्येक्षदर्शिको भनाइ छ ।