
Gsb
gis
Rsb
Ssb
Csb
mss
Ppu

Tsb
Ssb

Rgu
Nps
काठमाडौं । रास्ट्र सेवक प्रहरी जवान र परिवारको बास्तबिक पिडा नेपाल प्रहरी संगठन आफैमा यस्तो पबित्र मन्दिर हो । हामी सबैलाई थाहा भएकै कुरा हो। एक प्रहरी बन्नको लागी हामी कति कडा मेहनत र संघर्ष गरि विभिन्न वाधा पार गर्दै मेडिकल फिट भएपछि मात्र नेपाल सरकारले नियुक्ती पत्र दिन्छ।
सबैलाई अबगत नै छ । तर कुनै पनि प्रहरी कर्मचारी देश र जनताको सेवाको निमित्त डिउटि निर्वाह गर्दा गर्दै उसको जागीर अवधि १२ बर्ष बित्छ। देश र जनताको निमित्त काम गर्दा गर्दै उ एक दिन दीर्घरोग (क्यान्सरको) सिकार हुन पुग्छ ।
हस्पिटल जान्छ चेकजाँच गराउछ,डाक्टरको सल्लाह अनुसार केही समय आरामको आवश्यकता पर्छ। पुन :हस्पिटल हाजिर हुन आउने गरि केही दिन हापे बिदा जान्छ। तर हापे बिदा अबधी अगाबै सोहि रोगकै कारण मृत्यु हुन पुग्छ ।
मृत्यु भएको कुरा हस्पिटल अनि दरबन्दीमा जानकारी हुन्छ। घर परिवारमा ठुलो बज्रपात पर्छ। मृतकका २ वटा नाबालक टुहुरा छोरा छोरी अनि श्रीमती हुन्छे। अब ती श्रीमती अनि टुहुरा छोरा छोरीको भबिस्य कसले हेरि दिने यस्तो परिस्थितिमा उसको घर परिवारलाई राज्यले प्रोत्साहन गर्नु पर्ने श्रीमतीलाई असाधारण पारिवारिक निबृतिभरण हुनु पर्ने हो ।
यसै पेन्सनको सिलसिलामा धेरै ठाउँमा हारगुहार गर्दै ति टुहुरा नाबालक छोराछोरी साथमा बोकेर नेपाल प्रहरीको सबै भन्दा उच्च ब्यक्ती प्रहरी महानिरीक्षक देखि गृहमन्त्री मन्त्रालयको घर दैलोमा ढाेका घच्घच्याउन पुग्छे ।
तर कसैले पनि वास्ता गर्दैनन कतैबाट सुनुवाइ हुदैन राज्यले बाल बच्चाको लागि भएपनि शिक्षा,स्वास्थ्यदेखि लिएर सम्पूर्ण जिम्मा लिनु पर्ने हो ।
राज्यले नत पेन्सनको बेबस्था मिलाइ दिन्छ । नत छोराछोरीको भबिस्य, अब उनिहरुको भबिस्य कुन मोडतर्फ मोडिने हो ? साझ बिहानको छाक कसरी टार्ने हो ? यस्तो किसिमको पिडा त्यो मृतकको श्रीमतीलाई मात्र होइन,भोलिको दिनमा गएर तपाईंको पनि आफन्त कुनै रोगको सिकार हुनु पर्ला,सबैजनाको यस्तै हालत भयो भने राज्यबाट अपहेलना हुनु पर्यो भने अब आउने दिनहरुमा रास्ट्रसेवक कर्मचारीले कुन मनोबलका आधारमा देश र जनताको सेवामा खटिएलान् ? कसरी आफ्नो कर्तव्य निर्वाह गर्लान् ? उच्च अहोदामा रहनु भएका मन्त्रीज्युहरु यो एक बिधुवा नारिको मात्र पिडा होइन, उ जस्ता धेरै पीडित छन् तपाईंकै छोरी चेली सम्झेर सोच्नुस् त तपाईं हामी पनि एक पटक सोचौ राज्यलाई खबरदारी गरौ। ताकी अब उनी नारीले जस्तो पिडा अरु कुनै नारीले भोग्न नपरोस। जय नेपाल । 🙏
सत्य-यथार्थ घटना सम्बन्धि नेपाल प्रहरी जवान तथा सिङ्गो प्रहरी संगठन प्रती समर्पित लेखलाई धेरै भन्दा धेरै सेयर गरि नैतिक सहयोग गरिदिनुहुन विनम्र आग्रह तथा अनुरोध गर्दछु । जय मार्तिभुमी नेपाल आमा🇳🇵🇳🇵पीडित :- श्रीमती देवा जि.सी.प्युठान नगरपालिका -१ खैरा गजुरी प्युठान
