
Pes
Srbpu
pku
Gfs
Gis
cjs
Rmb
Rgp1
Sds
Djs
sbs
Ggp
Cps
Rgp
Lnp
Unsku
Rgp
Sgr
Pbu

Ssm
Gst
Rsb
Rgu
Hal
Rgu
Tsm
Asm
Wsp
Sls
Bbbpu
nsb
Ggd
Bbu
Pvg
Ksm
Sbs
Vor
Rgs

Jmb
Abd
Rpp
Bml
sab
Rmb
Syp
bbt
Pls
Mks
Gsb
Jmb
Ptm
दाङ । सहकारीको रकम हिनामिना मुद्दामा मुछिएका राप्ती गाउँपालिका अध्यक्ष सुवेदी धरौटीमा छुटे भालुवाङ १८ साउन । सहकारी संस्थाको रकम हिनामिना मुद्दामा मुछिएका राप्ती गाउँपालिकाका अध्यक्ष नुमानन्द सुवेदी धरौटीमा छुटेका छन् ।
त्यस्तै राप्ती गाउँपालिका वडा नम्बर ५ सिसहनियाँमा प्रधान कार्यालय रहेको देउखुरी बचत तथा ऋण सहकारी संस्थाको ५ करोड बढी रकम हिनामिना गरेको आरोपमा गाउँपालिका अध्यक्ष सुवेदी सहित २५ जनालाई पक्राउ गर्न अदालतले आदेश दिएको थियोे । तर सोमवार सुवेदी आफै दाङ देउखुरी जिल्ला अदालत घोराहीमा उपस्थित भएर बयान दिए लगत्तै भएको थुनछेक बहसबाट अदालतका मुख्य न्यायधिस रितेन्द्र थापाको एकल इजलासले सुवेदीलाई २ लाख ५० हजार धरौटीमा छोड्न आदेश दिएको अदालतका श्रेस्तेदार धनसिंह गिरीले जानकारी दिएका छन् ।
यस्तै सुवेदी साविक महाप्रभु बचत तथा ऋण सहकारी संस्थाका पूर्व लेखा तथा सुपरिवेक्षण समितीको संयोजक पदमा रहेका थिए । सहकारीको रकम हिनामिना गरेको आरोमा ४ जना कर्मचारीलाई यस अघि नै अदालतले पूर्पक्षका लागि कारागार चलान गर्न आदेश गरेको थियो । पक्राउ परेका पाँच जना मध्ये एक महिलालाई भने साधारण तारेखमा छोड्न अदालतले आदेश दिएको थियो । केही महिना पहिले मात्रै चारवटा सहकारी संस्था मिलाएर देउखुरी बचत तथा ऋण सहकारी संस्था निर्माण गरिएको थियो । देउखुरी टुडेबाट
