Sidha Patra मंगलबार, साउन १९, २०७८

दाङ । सहकारीको रकम हिनामिना मुद्दामा मुछिएका राप्ती गाउँपालिका अध्यक्ष सुवेदी धरौटीमा छुटे भालुवाङ १८ साउन । सहकारी संस्थाको रकम हिनामिना मुद्दामा मुछिएका राप्ती गाउँपालिकाका अध्यक्ष नुमानन्द सुवेदी धरौटीमा छुटेका छन् ।

त्यस्तै राप्ती गाउँपालिका वडा नम्बर ५ सिसहनियाँमा प्रधान कार्यालय रहेको देउखुरी बचत तथा ऋण सहकारी संस्थाको ५ करोड बढी रकम हिनामिना गरेको आरोपमा गाउँपालिका अध्यक्ष सुवेदी सहित २५ जनालाई पक्राउ गर्न अदालतले आदेश दिएको थियोे । तर सोमवार सुवेदी आफै दाङ देउखुरी जिल्ला अदालत घोराहीमा उपस्थित भएर बयान दिए लगत्तै भएको थुनछेक बहसबाट अदालतका मुख्य न्यायधिस रितेन्द्र थापाको एकल इजलासले सुवेदीलाई २ लाख ५० हजार धरौटीमा छोड्न आदेश दिएको अदालतका श्रेस्तेदार धनसिंह गिरीले जानकारी दिएका छन् ।

यस्तै सुवेदी साविक महाप्रभु बचत तथा ऋण सहकारी संस्थाका पूर्व लेखा तथा सुपरिवेक्षण समितीको संयोजक पदमा रहेका थिए । सहकारीको रकम हिनामिना गरेको आरोमा ४ जना कर्मचारीलाई यस अघि नै अदालतले पूर्पक्षका लागि कारागार चलान गर्न आदेश गरेको थियो । पक्राउ परेका पाँच जना मध्ये एक महिलालाई भने साधारण तारेखमा छोड्न अदालतले आदेश दिएको थियो । केही महिना पहिले मात्रै चारवटा सहकारी संस्था मिलाएर देउखुरी बचत तथा ऋण सहकारी संस्था निर्माण गरिएको थियो । देउखुरी टुडेबाट

हाम्रो टीम

संचालक तथा प्रबन्ध निर्देशक: मेगमन बुढा
सह-संचालक:विष्णु (वली) बुढा
सम्पादक : कृष्ण जि.एम
निर्देशक: भानु जोशी
सह-सम्पादक: टेकेन्द्र वली
क्राईमबिट प्रमुख : सागर थापा
जिल्ला ब्युरो: टेकबहादुर पुन
कार्यक्रम प्रमुख : मान ब.राना ‘ मानव’
प्रमुख सम्बाददाता : इराधा झाक्री मगर
वरिष्ठ सम्बाददाताहरु : शिवराज पन्थी, खडग ओली, तुलबहादुर कुँवर मगर,
जयप्रकाश पौडेल
सम्बाददाताहरु : टोपेन्द्र खनाल, शिव बस्नेत
सल्लाहकारहरु : बिपुल पोख्रेल, उदय जि.एम
कानुनी सल्लाहकार: वरिष्ठ अधिवक्ता रेवतीरमण भट्टराई
प्राविधिक :राजन चौधरी
क्यामेरा प्रमुख :नवराज गुरुङ

सामाजिक संजाल

सम्पर्क

एम.बि.के.एन मिडिया प्रा.लिद्वारा संचालित सिधा-पत्र डटकम
# सूचना तथा प्रसारण विभाग दर्ता नं . :– २४५९/०७७-०७८
#कम्पनी दर्ता नम्बर:- २४५५०७
# ठेगाना :- राजपुर गा.पा-२ दाङ,लुम्बिनी प्रदेश नेपाल
# सम्पर्क : – ९८५७८४०५१७
# बिज्ञापन : – ९८०९५६३२३६
# इमेल :- [email protected]