
Tgp
Ksb
Ppu
Ksb
Bsn
Rsb
Ksb
Csb
Usb
Ssb
jsb
Ssb
Rks
Fmb
Nsb
Gsb

Ssb
Gsb
Hl1
Tsb
Usb

Rgu
ptl
Nps
दाङ । देउखुरीको लमही बजारमा गरिएको जथाभावी पार्किङले सवारी दुर्घटनाको समस्या दिनानुदिन बढ्दै गएकोछ ।
अहिले मुल समस्याको रुपमा अटो पार्किङ बनेकोछ।सनलाइट चोक देखि धमलाको बोट सम्म सडक छेउमा गरिएको अटो पार्किङ र ब्यबसायिहरुले गरेको मालबाहक गाडी लोड अनलोडले सवारी आवागमनमा निकै चुनौती थपिएको छ। सवारी साधनहरु दुई तर्फि पार्किङ गर्दा सडकमा गुड्ने अरु सवारी चालक तनावमा परेकाछन। कुन बेला सो स्थानमा ठूलै दुर्घटना हुन्छ भन्न सकिन्न स्थानीय एक ब्यबसायीले चिन्ता ब्यक्त गरेकाछन।अव्यवस्थित पार्किङले व्यावसायि तथा उपभोक्ताहरु लाई किनबेचमा समेत समस्या सृजना भएको छ ।
त्यस्तै सनलाइट चोक दखि देउपुर जाने बाटो गोरक्षटोलमा सडकछेउमा गाडी पार्किङ गर्दा बाटोमा गुड्ने सवारी चालकले सास्ती खेप्नु परेकोछ। लमही नगरपालिकाले नाला सफा गरेको फोहोर महिनौं देखि सडक छेउमा थुपार्दा पनि सडक साँगुरो भएकोले आवतजावतमा निकै कठिनाइ भएको स्थानीयले बताएका छन् ।
यसैगरी लमही बजारको भित्री सडक बैंकरोडमा पनि बैंकमा सेवा लिने सेवाग्राहीले सडकमै मोटरसाइकल तथा साना गाडी पार्किङ गर्दा सवारी आवागमन मात्रै होइन पैदल यात्रुहरुले समेत सास्ती खेप्नु परेकोछ।बजारका ब्यापारीहरुलाई पार्किङ गर्ने छुट्टै स्थान नहुँदा सडकमै सवारी साधन पार्किङ गर्न बाद्य भएका छ्न जस्ले गर्दा सवारी दुर्घटनाको जोखिम बढेको छ ।
लमही बजारको भित्रि सडक मात्रै होइन अव्यवस्थित पार्किङ, गाडी मर्मत र सडकमै माल समान लोड अनलोड गर्दा पुर्व पश्चिम राजमार्ग समेत जोखिम पुर्ण बनेकोछ। लमही नगरपालिकाले पार्किङका लागि गरेको निर्णय महिनौं देखि कागज सिमित भएको स्थानीयको गुनासो रहेको छ ।
