
Sgp
Rgp
Rgp
lnp
Lks
Lnp
Asb
Rgp
Dus
Ggp
Usb
Jns
Ggp
Rgp
Dbs
ksb


दाङ । नेपाल प्रहरीमा हालै विभिन्न पदमा पदोन्नति भएकामध्ये सइबाट इन्सेपेक्टर ५ जना नेपाल प्रहरीका अधिकृतहरु दर्ज्यानी चिन्हद्वारा सुशोभित भएका छन् ।
लुम्बिनी प्रदेश डिआइजी मुकुन्द अर्यालले लुम्बिनी प्रदेश प्रहरी कार्यालय तुल्सीपुर दाङमा आइतबार आयोजित एक कार्यक्रमको समारोहबीच उनिहरुलाई दर्ज्यानी चिन्हद्वारा सुशोभन गरेका हुन् ।
दर्ज्यानी चिन्हद्वारा सुशोभित हुनेहरुमा नेपाल सरकार मन्त्रिस्तरको २०७८ साउन १४ गतेको निर्णयअनुसार पदोन्नति भएका प्रहरी अधिकृतहरु रहेका छन् । कार्यक्रम समारोहमा लुम्बिनी प्रदेश डिआइजी मुकुन्द अर्यालले पदोन्नति भएका प्रहरी निरीक्षक अधिकृतहरुलाई बधाई तथा शुभकामना दिँदै पदोन्नतिले थपेको नवीन उर्जालाई सदुपयोग गरी आमनागरिकप्रति थप जिम्मेबार भई व्यावसायिक भूमिका निर्वाह गर्दै काम गर्न निर्देशन दिए । नयाँ जिम्मेवारीमा खटिँदा नियमित कामको साथै कोभिड-१९ को संक्रमणबाट आफू, परिवार र आम नागरिकलाई सुरक्षा प्रदान गर्न उद्दत हुनुपर्नेमा उनले जोड दिए ।
साथै डिआइजी अर्यालले पदोन्नतिको अवसरसम्म पुर्याउनका लागि घर परिवारको महत्वपूर्ण योगदान रहेकोले परिवारमा अमूल्य खुसी साटफेर गर्नुपर्ने चर्चा गर्दै घर परिवारलाई समेत नेपाल प्रहरीको तर्फबाट वधाई तथा शुभकामना व्यक्त गरे ।
