दाङ । देउखुरीको लमही नगरपालिका वडा नम्बर ५ कोलहीमा सनिवार राती २ बजे एक घर र भान्सा भत्किदा चार लाख बढी क्षति भएको छ ।
सानु चौधरी,मन कुमारी चौधरी, कृष्ण चौधरी र पर्सादु चौधरीको सगोलमा रहेको घर भत्किएकोहो। यसरी घरको गारो भत्किएको इट्टा र टीन नजिकै रहेको शिव नारायण चौधरीको भान्सामा खस्दा भान्सामा समेत क्षति भएकोछ । घर भत्किदा कुनै मानवीय क्षति भने नभएको लमही नगरपालिका वडा नं-५ का वडा सदस्य जग नारायण चौधरीले बताउनु भएकोछ ।
त्यस्तै घर भत्किदा खाद्यान्न,लत्ताकपडा र बिद्धुतिय सर समानका साथै घरको गारोमा भएको क्षतिले अनुमानित चार,पाँच लाख रुपैयाँ क्षति भएको हुन सक्ने बताइएकोछ।