
Rgp1
Sgr
Sds
Gfs
pku
Pbu
Unsku
Rgp
Pes
Rmb
Djs
Ggp
Srbpu
Cps
Rgp
Gis
Lnp
sbs
cjs

Vor
Ksm
Tsm
Rgu
Sbs
Asm
Pvg
nsb
Wsp
Bbu
Ssm
Ggd
Gst
Rgs
Sls
Hal
Rsb
Bbbpu
Rgu

Jmb
Syp
bbt
Rpp
Rmb
Abd
Bml
Gsb
Jmb
Ptm
sab
Pls
Mks
दाङ । देउखुरीको गढवा गाउँपालिकासंगको समन्वय र सहकार्यबाट संचालन भएको नेपालमा जलवायु परिवर्तन सहयोग कार्यक्रम–२ को एक कार्यक्रमका बिच आइतवार गढवामा समिक्षा गर्दै समापन गरिएको छ ।
गाउँपालिकाका अध्यक्ष सहजराम यादवको अध्यक्षतामा भएको कार्यक्रममा लापा–२ परियोजनाका कर्मचारीहरु,गाउँपालिकाका उपाध्यक्ष,वडा अध्यक्षहरु र प्रमुख प्रशासकिय अधिकृत सहित बिषयगत शाखाका कर्मचारीहरुको उपस्थिती रहेको गाउँपालिकाले जनाएको छ ।
विस २०७० सालदेखि नेपालका १४ जिल्लाका १४ स्थानीय तहहरुका ९० स्थानमा जलवायु परिवर्तन अनूकूलनका बिकास निर्माणका कार्यक्रम संचालन भएको कार्यक्रममा जानकारी गराइएको हो । गढवा गाउँपालिकाका चार स्थानहरुमा संचालन भएका कार्यक्रमहरुमा लापाको २ करोड ५१ लख लगानी भएको र सबै योजनाहरुमा गाउँपालिकाको समेत लगानी रहेको कार्यक्रममा बताइएको हो ।
समिक्षा कार्यक्रममा बोल्दै गाउँपालिकाका अध्यक्ष सहजराम यादवले यो परियोजना संग गाउँपालिकाले साझेदार भै काम गरेर महत्वपुर्ण उपलब्धि हाँसील गरेको बताउदै कार्यक्रम कार्यान्वयनकर्तालाई धन्यवाद दिनुभयो । कार्यक्रममा गढवा गाउँपालिकाको बाढी–पहिरो जस्ता बिपदका स्थानहरुको पहिचान गरि कार्यक्रम कार्यान्वयन गर्न तयार गरिएको प्रतिवेदन र नक्सांकन समेत सार्वजनिक गरिएको थियो ।
त्यस्तै लापा कार्यक्रमबाट सम्पन्न भएका बिकास योजनाहरुको दिगोपनको संरक्षण गर्ने र अधुरा कामलाई पालिकाको तर्फबाट पुर्णता दिन पहल गर्ने गाउँपालिकाका अध्यक्ष सहजराम यादवले बताउनुभएको छ । कार्यक्रमको सहजीकरण प्रशासन शाखाका प्रमुख पुनाराम शर्माले गर्नुभएको थियो ।
