Sidha Patra शुक्रबार, साउन ०८, २०७८

दाङ । देउखुरी लमही नगरपालिका-९ अमिलिया निवासी मिना बिक र उहाँकाे परिवार नयाँ घरमा सरेकाे छ । फूलमाला र अविर पहिर्याएर मिनालाइ शुक्रबार गृह प्रवेश गराइएको छ ।

लुम्बिनी प्रदेश सरकार अन्तरगत शहरी विकास तथा भवन कार्यालय मार्फत जनता आवास कार्यक्रम अन्तरगत निर्माण भएको घर हस्तान्तरण गरिएको हाे । लुम्बिनी प्रदेश सभा सदस्य माननीय सांसद रेवतीरमण शर्माले मिना बिकलाइ पक्की घरकाे साँचाे हस्तान्तरण गर्नु भयाे ।घरकाे साँचाे मात्रै हाेइन मिनालाइ सम्मान गर्नु भयाे ।`अब छानाे चुहिने पिर भएन । निशंकाेच भएर निदाउन पाउने हुनुभयाे । यसमा हामी पनि खुसि छाैं´लुम्बिनी प्रदेश सभा सदस्य रेवतीरमण शर्माले भन्नुभयाे-`आफ्नाे घर नहुदा, वास नहुदाकाे पिडाले पिराेलेकाे अवस्थाकाे अन्त्य गर्न चाहन्छौं ।´हरेक नागरिकलाई सुरक्षित आवासकाे ग्यारेन्टी संविधानले गरेकाे छ । विपन्न दलित, विपन्न मुस्लिम, अल्पसंख्यक समुदायकाे लागि जनता अावास मार्फत घर निर्माण गरिएको छ ।

नेकपा एमाले लमही नगरपालिका वडा नम्बर ९ का अध्यक्ष खिमबहादुर केसीकाे अध्यक्षता तथा लुम्बिनी प्रदेश सभा सदस्य रेवतीरमण शर्माकाे प्रमुख अातिथ्यतामा सम्पन्न कार्यक्रममा लमही नगरपालिकाका प्रमुख कुलबहादुर केसीले चुनावी प्रतिबद्धता अनुसार प्रदेश सरकार, स्थानीय सरकारले घर नभएकाहरुलाइ घर बनाएर दिन थालेकाे बताउनु भयाे । बितेकाे तीन बर्षमा दाङ जिल्लामा ४ सय ९६ घर निर्माण भएको छ । जस मध्य दाङ निर्वाचन क्षेत्र नम्बर १(२)मा तीन बर्षकाे अवधिमा ८० घर निर्माण भएको छ । तीन बर्षमा जिल्लाभर १६ कराेड ६६ लाख बढी बजेट घर निर्माणमा खर्च भएको छ ।कच्ची घरमा बास बिताउनेहरुलाइ पक्की घर निर्माण गरिएको हाे । कार्यक्रममा नेकपा एमालेका नेता धुप नारायण चाैधरी लगायतले सम्बाेधन गर्नु भएको थियाे । मा.रेवतीरमण शर्मा सचिवालयबाट

हाम्रो टीम

संचालक: मेगमन बुढा
संपादक:कृष्ण जि.एम
निर्देशक:भानु जोशी
क्राईमबिट प्रमुख:सागर थापा
जिल्ला ब्युरो:टेकबहादुर पुन
प्रमुख सम्बाददाताहरु:शिवराज पन्थी,सुशीला (ओली)गिरी,जयप्रकाश पौडेल
सम्बाददाताहरु:टोपेन्द्र खनाल,इराधा झाक्री मगर,शिव बस्नेत,प्राविधिक: मिना थापा,सल्लाहकारहरु:बिपुल पोख्रेल,उदय जि.एम

सामाजिक संजाल

सम्पर्क

एम.बि.के.एन मिडिया प्रा.लिद्वारा संचालित सिधापत्र डटकम
# दर्ता नं. :– २४५९/०७७-०७८
#कम्पनी दर्ता नम्बर:- २४५५०७
# ठेगाना :- राजपुर गा.पा-२ दाङ,लुम्बिनी प्रदेश नेपाल
# सम्पर्क : – ९८५७८४०५१७
# बिज्ञापन : – ९८४९८८७५१४
# इमेल :- [email protected]