इराधा झाक्री मगर/भालुबाङ्ग बिहिबार, साउन ०७, २०७८

रोल्पा । रोल्पा जिल्लाको सदरमुका लिबाङबाट ३६ कोष टाढाको रुपमा अबस्थित थबाङमा फलेको आलुले मुल्य पाएको छ । पहाडि भागमा बढी उत्पादित हुने आलुको लागी थबाङ एकदम उर्वरा भुमि रहेको छ । वर्ष भरी फलाएको आलुले आफ्नो जहान परिवर पालेर बच्ने गरेको आलु प्रायले बेच्ने गरेका छन् ।

त्यस्तै थबाङ लगायत रोल्पाको अधिकाङ्स पहाडी भाग मिरुल,उवा,जेल्बाङ,गाँम र रुकुमको पहाडी भागमा बढी उत्पादीत हुने ठाउँ मानिन्छ । जस मध्यमा थबाङ बढी उत्पादीत भुमिको रुपमा रहेको छ । यस्तै आलु उत्पादन हुनको लागि कम्तीमा ३ सय मिटर उचाईदेखि माथिको भिरालो जमिनमा बढी फल्ने गरेको पाइन्छ ।यस ठाउँमा आलु लगाउन फागुन चैतबाट सुरु गर्छन् भने साउन महिना भित्र खनि सक्छन् । करिब ६ महिनाको अबधिमा एउटै जमिनमा ५/६ प्रकारको अन्नबालिहरु उब्जनी हुने गरेको पाईन्छ । जसमा उत्पादीत हुने अन्न बालिहरु मकै,आलु भटमास,सिमि,मुला,कोदो रहेका छन् । त्यस्तै त्यहाँ एउटै आलु ५०० ग्राम देखि १ किलोसम्म फलेको पाइन्छ भने मुला ५ देखि ६ किलोसम्म फल्ने गरेको छ ।बिगतका दिनहरुमा बाटोघाटोको समस्याले गर्दा फलाइएका अन्नबाली कृषकले खाई नसकेर बस्तुभाउको आहारा हुने गर्दथ्यो भने अहिले आएर यातायात पुगे पछि त्यहाँको अन्नबालीले बजार पाएको छ । पछिल्लो समय रोल्पा थबाङको आलु दाङको घोराही बजारसम्म आइपुग्दा प्रती किलो १०० भन्दा बढीमा बिक्री भैररहेको छ ।लकडाउनको समयमा बजारको तरकारीको मूल्य अकासिएसंगै थबाङ्को आलुले पनि मुल्य पाएको हो । अहिलेको उत्पादीत आलुले गत वर्षको भन्दा यस वर्ष बढी मुल्य जाने भएकोले थबाङका किसानहरु हर्सित भएको थबाङ फुन्तिबाङ्कि जयपुरी रोका मगरले जानकारी दिनु भयो ।

त्यस्तै रोकाका अनुसार अहिले त झन सोही ठाउँमै व्यापारीहरु पुग्ने गरेको र आलुको मुल्यमा प्रतिस्पर्धा हुने गरेको बताउनु भएको छ । प्रत्येक किसानहरुको ६ महिना भित्रमा २ लाखदेखि ४ लाखसम्म आमदानी हुन सकेको रोकाले बताउनु भयो ।

बिगतका दिनमा रोल्पा थबाङ्को आलुले १० वर्षे द्वन्दका महानायकहरुलाई त्यही ठाउँको आलु र मकैले पालेको थियो । त्यहीँ आलु,मकै खाएर नानाथरीका भाषण गर्ने गर्थे तर अहिले आएर ती नायकहरुको भाषण भाषणमा मात्र सिमित रहेको छ । त्यहाँको नागरिकले पाउनु पर्ने सेवाहरु सुविधाहरु भनेको जस्तो पाएका छैनन् ।

रोल्पाले एक पर्यटकीय सम्भावना बोकेको छ,भने उर्वरा अन्नको भण्डारको रुपमा पनि उत्तिकै मानिएको छ । यदि भोलिका दिनहरुमा यातायातको राम्रो व्यवस्थापन भयो भने रोल्पा साच्चिकै एउटा पर्यटकीय जिल्ला रहन सक्ने सम्भावना रहेको छ ।

हाम्रो टीम

संचालक तथा प्रबन्ध निर्देशक:मेगमन बुढा
सम्पादक : कृष्ण जि.एम

निर्देशक: भानु जोशी
क्राईमबिट प्रमुख : सागर थापा
जिल्ला ब्युरो: टेकबहादुर पुन

प्रमुख व्यवस्थापक : इराधा झाक्री मगर
प्रमुख सम्बाददाताहरु : शिवराज पन्थी, तुलबहादुर कुँवर मगर,
सुशीला (ओली) गिरी,जयप्रकाश पौडेल
सम्बाददाताहरु : टोपेन्द्र खनाल,शिव बस्नेत
सल्लाहकारहरु : बिपुल पोख्रेल,उदय जि.एम
कानुनी सल्लाहकार: वरिष्ठ अधिवक्ता रेवतीरमण भट्टराई

सामाजिक संजाल

सम्पर्क

एम.बि.के.एन मिडिया प्रा.लिद्वारा संचालित सिधा-पत्र डटकम
# सूचना तथा प्रसारण विभाग दर्ता नं . :– २४५९/०७७-०७८
#कम्पनी दर्ता नम्बर:- २४५५०७
# ठेगाना :- राजपुर गा.पा-२ दाङ,लुम्बिनी प्रदेश नेपाल
# सम्पर्क : – ९८५७८४०५१७
# बिज्ञापन : – ९८०९५६३२३६
# इमेल :- [email protected]