मेगमन बुढा बुधबार, साउन ०६, २०७८

दाङ । राजपुर गाउँपालिका वडा नम्बर ६ को वडा कार्यालयले आफ्नो वडा भित्रमा रहेको ६ वटा विद्यालय र क्लबका खेलाडीलाई बुधबारदेखि खेलकुद सामग्री वितरण गर्ने कार्य सुरु गरेको छ ।

आर्थिक वर्ष २०७७/०७८ मा विनियोजित कुल दुई लाख बजेटद्वारा वडा कार्यालयले आज देउखुरी क्षेत्रमा रहेको विद्यालयका शिक्षक प्रतिनिधि र क्लबका पदाधिकारीलाई वडा कार्यालयमा बोलाएर उक्त खेलकुदका सामग्री वितरण गरेको हो ।सो वडाका अध्यक्ष श्याम बहादुर रोका,वडा सदस्यहरु दिलमती ओली,सुरेन्द्र रोका,सन्ध्या नेपाली,रामबिलासु चौधरी वडा सचिव लक्ष्मी चौधरीको उपस्थितिमा क्लबलाई ड्रेस,भलिबल नेट र फुटबल प्रदान गरिएको छ भने विद्यालयलाई खेलकुदका सामग्रीहरु हस्तान्तरण गरिएको छ ।

त्यस्तै वडा कार्यालयले उक्त खेलकुदका सामग्रीहरु पहिलेनै खरिद गरि राखेको भएपनि वर्षाको कारणले तत्काल वितरण गर्न नसकिएको र आज मात्र सो सामग्रीहरु वितरण गर्ने कार्य सुरु गरिएको वडा कार्यालय जनाएको छ । यस्तै नाका क्षेत्रमा १/२ दिन भित्रमा सम्पुर्ण सामग्रीहरु वितरण गर्ने वडा अध्यक्ष श्याम रोकाले जानकारी दिनु भएको छ ।

हाम्रो टीम

संचालक तथा प्रबन्ध निर्देशक:मेगमन बुढा
सम्पादक : कृष्ण जि.एम

निर्देशक: भानु जोशी
क्राईमबिट प्रमुख : सागर थापा
जिल्ला ब्युरो: टेकबहादुर पुन

प्रमुख व्यवस्थापक : इराधा झाक्री मगर
प्रमुख सम्बाददाताहरु : शिवराज पन्थी, तुलबहादुर कुँवर मगर,
सुशीला (ओली) गिरी,जयप्रकाश पौडेल
सम्बाददाताहरु : टोपेन्द्र खनाल,शिव बस्नेत
सल्लाहकारहरु : बिपुल पोख्रेल,उदय जि.एम
कानुनी सल्लाहकार: वरिष्ठ अधिवक्ता रेवतीरमण भट्टराई

सामाजिक संजाल

सम्पर्क

एम.बि.के.एन मिडिया प्रा.लिद्वारा संचालित सिधा-पत्र डटकम
# सूचना तथा प्रसारण विभाग दर्ता नं . :– २४५९/०७७-०७८
#कम्पनी दर्ता नम्बर:- २४५५०७
# ठेगाना :- राजपुर गा.पा-२ दाङ,लुम्बिनी प्रदेश नेपाल
# सम्पर्क : – ९८५७८४०५१७
# बिज्ञापन : – ९८०९५६३२३६
# इमेल :- [email protected]