
Ksb
Gsb
Tgp
Nsb
Csb
Rks
Ksb
jsb
Rsb
Bsn
Usb
Ssb
Ksb
Ppu
Ssb
Fmb

Hl1
Tsb
Ssb
Gsb
Usb

Nps
ptl
Rgu
दाङ । दाङमा बाघको छालासहित दुईजनालाई पक्राउ गरिएको छ । जिल्ला प्रहरी कार्यालय दाङले बुधबार विहान साढे ३ बजेतिर घोराही उपमहानगरपालिका वडा नंं. २ गोग्लीबाट सिमेन्टको बोरामा ओसारपसार गर्दै गरैको अबस्थामा जाजरकोट भेरी नगरपालिका वडा नं. ९ निवासी ३२ बर्षीय रामबहादुर दमाई र रुकुम पश्चिम मुसिकोट नगरपालिका डा नं. १० चौखावाङ निवासी ५४ बर्षीय पूर्ण सिंह सुनारलाई पक्राउ गरेको बताएको छ ।
जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी नायब उपरीक्षक मुकुन्द रिजालका अनुसार उनीहरुको साथबाट बाघको पुच्छरदेखि टाउकोसम्मको पाँच फिट २ इञ्च लम्बाई र छातिको भागको चौडाई १ फिट ४ इन्च भएको बाघको नङ्ग्रा र जुंगा तथा एउटा मोवाईल बरामद गरिएको छ ।
शंकास्पद तरिकाले हिडिरहेको अबस्थामा खानतलास गर्दा यस्तो भेटिएको हो । यस विषयमा अनुसन्धान भइरहेको प्रहरीले बताएको छ ।तुलसीपुर अनलाइनबाट
