
Rgp
Dus
Pbu
Rgp
Jns
ksb
Rgp
Ggp
Lks
Sgp
Asb
Ggp
lnp
Lnp
Dbs
Usb
Rgp


दाङ । देउखुरी उद्योग बाणिज्य संघका अध्यक्ष खगेस्वर खनालले सम्पुर्ण व्यवसायिलाई कोरोना खोप लगाउन पहल गरिरहेको बताएका छन् । सोमबार उद्योग बाणिज्य संघको भवनमा पत्रकारहरुसंग कुराकानी गर्दै उक्त कुरा बताएका हुन ।”लमही नगरपालिका भित्रका सम्पुर्ण ब्यापार ब्यबसाय गर्दै आएकालाई सहजरुपमा खोप उपलब्ध गराउन हामी जिल्ला प्रशासन कार्यालय संग पहल गरिरहेका छौं, चरण बद्दरुपमा खोप पाउने प्रशासनबाट आश्वासन पाएका छौं, कोहि व्यापारी पनि नछुटाउने हाम्रो उदेश्य छ – अध्यक्ष खनालले भने ।
कोरोनाको दोस्रो भेरियन्ट देखिए संगै उबा संघले अक्सिजन अभावमा देशभर संक्रमितहरुले अकालमा ज्यान गुमाउनु परिरहेको भन्दै कोरोना आइसोलेसन सेन्टरमा रिफिल अक्सिजन सिलिण्डर उपलब्ध गराउने,फ्रन्ट लाइनमा काम गर्नेहरुको लागि रोग प्रतिरोधात्मन क्षेमता बढाउने भन्दै पौष्टिक आहार,मास्क,सेनिटाइजर उपलब्ध गराउदै आएको थियो ।
गत साउन २ गते संघका अध्यक्ष खगेश्वर खनालको अध्यक्षतामा सम्पन्न भएको बैठकले जिल्ला प्रशासन कार्यालय दाङले उपलब्ध गराएको कोरोना विरुद्धको खोपलाई देउखुरी उद्योग वाणिज्य संघमा दर्ता भएका ४८ देखि ५० वर्ष भित्रका ४५ जना ब्यापारीहरुलाई कोरोना विरुद्धको खोप उपलब्ध गराउने भनिएको थियो। भने ५ डोज खोप संघका कर्मचारीका लागि छुट्टाइएको थियो ।
“उद्योग बाणिज्य संघलाई उपलब्ध ५० डोज खोप लगाएर सकिएको छ अब थप खोपका लागि उद्योग बाणिज्य संघबाट पहल गरिरहेका छौं बिस्तारै सबै ब्यापारी माझ खोप पुराउने योजनामा छौं” – उपाध्यक्ष केशब राज पोख्रेलले भने ।
