
Bsn
Ksb
Ksb
Ssb
Ppu
Csb
jsb
Gsb
Rks
Ssb
Rsb
Nsb
Ksb
Tgp
Usb

Usb
Ssb
Tsb
Gsb
Hl1

Nps
Rgu
ptl
दाङ । देउखुरीको कालाकाटे,गढवा,बेला,राजपुर, सिक्टा, हाडबास हुँदै नेपालगञ्ज जोड्ने हुलाकी सडक आयोजनाको गढवा र राजपुर सडक खण्डको राजपुर गाउँपालिका वडा नम्बर ४ दुलैया चोक देखि पूर्व २०० मिटर र मावि दुलैयादेखि पश्चिम २०० मिटरका बीचमा पर्ने स्थानिय रामफकिरे रैदासको घर निर रहेको यस पूर्व बनेको होम्पाइप गत जेठ २९ गते सडक आयोजनाले पानी निकासको कुनै दिगो व्यवस्थापन बिना वर्षयाम शुरू हुनु लगत्तै हटाई दिँदा दक्षिणी चुरे क्षेत्रबाट बग्ने वेलासी सोताको बाढी पसेर उक्त घर र भान्सा घर डुबान गरी घरमा भएका खाद्धबस्तु, लत्ताकपडा, भाँडाकुँडा समेत नष्ट भएका छन् ।
जसका कारण ५ जना परिवार रहेका रैदास परिवार असार ३१ गते आएको अविरल वर्षा र बाढीका कारण विस्थापित हुन परेको छ । साथै बाढीले गहुँ २ क्विन्टल ( ६ हजार बराबरको गहुँ), धान ६ क्विन्टल ( १४ हजार बराबरको धान), दाल ३०/४० किलो ( ६ हजार बराबरको दाल) , तोरी २५/३० किलो ( ३ हजार बराबरको तोरी) , खाने तेल , एक इन्चिको मोटर ( १२ हजार बराबरको) गरी लगभग ४२ हजार बराबरको क्षति भएको छ । भने रैदास परिवार छिमेकीको आफन्त कहाँ आस्य लिएका छन् ।
