Sidha Patra मंगलबार, आषाढ २९, २०७८

दाङ । सिसहनियाँ उद्योग बाणिज्य संघले आगामी आर्थिक वर्षको सदस्यता नविकरण वापतको रकममा २० प्रतिशत छुट दिने निणर्य गरेको छ । संघको अध्यक्ष शान्तराज भण्डारीको अध्यक्षतामा बसेको कार्यसमिति बैठकले आफ्नो संघमा आवद्ध सदस्यहरुलाई छुट दिने निणर्य गेरेको महासचिव ईश्वरी अधिकारीले जानकारी दिए ।

त्यस्तै कोभिड १९ को दोस्रो महामारीको कारण उद्योगी, ब्यापारीहरु मर्कामा परेकोकारण सदस्यता नविकरणमा छुट दिईएको बताईएको छ । आगामी आर्थिक वर्ष उद्योगी ब्यापारीहरुले आन्तरीक राजश्व कार्यालय तुल्सीपुरमा राजश्व बुझाउन जान नपर्ने गरि सिसहनियाँमै टोलीबोलाउने लगायतको बैठकले निणर्य गरेको सचिव मदन पोख्रेलले जानकारी दिए ।

यस्तै सिसहनियाँ उद्योग बाणिज्य संघले स्वागत तथा विदाई कार्यक्रम गरेको छ । उद्योग बाणिज्य संघले विगतका दिन देखी सिसहनिया क्षेत्रमा स्थापीत नेपाल बैक लिमिटेडका प्रवन्धकहरुको स्वागत तथा विदाई गरेको हो । अध्यक्ष शान्तराज भण्डारीको अध्यक्षता तथा वडा नं ५ का वडा अध्यक्ष गोवर्धन रावतको प्रमुख आथित्यतामा कार्यक्रमको आयोजना गरि शाखा प्रवन्धक प्रशन्न धिताललाई विदाई र दिनेश कुमार बस्नेतलाई स्वागत गरिएको छ ।

यस्तै विगतमा उद्योग बाणिज्य संघको हरेक क्रियाकलापमा सहयोग र साथ दिदे आएकोकारण शाखा प्रमुख प्रशन्न धिताललाई संघको तर्फवाट मायाको चिनो सहित बिदाई गरिएको महासचिव ईश्वरी अधिकारीले जानकारी दिए । कार्यक्रममा ५ का वडा अध्यक्ष गोवर्धन रावत, प्रहरी चौकी प्रमुख बत्ती कुमार पोख्रेल, पुर्ण बहादुर बुढाथोकी, कुमार अधिकारी लगायत उद्योग बाणिज्य संघका पदाधिकारी तथा सल्लाहकारहरुले आफ्ना विचार ब्यक्त गरेका थिए ।

हाम्रो टीम

संचालक तथा प्रबन्ध निर्देशक:मेगमन बुढा
सम्पादक : कृष्ण जि.एम

निर्देशक: भानु जोशी
क्राईमबिट प्रमुख : सागर थापा
जिल्ला ब्युरो: टेकबहादुर पुन

प्रमुख व्यवस्थापक : इराधा झाक्री मगर
प्रमुख सम्बाददाताहरु : शिवराज पन्थी, तुलबहादुर कुँवर मगर,
सुशीला (ओली) गिरी,जयप्रकाश पौडेल
सम्बाददाताहरु : टोपेन्द्र खनाल,शिव बस्नेत
सल्लाहकारहरु : बिपुल पोख्रेल,उदय जि.एम
कानुनी सल्लाहकार: वरिष्ठ अधिवक्ता रेवतीरमण भट्टराई

सामाजिक संजाल

सम्पर्क

एम.बि.के.एन मिडिया प्रा.लिद्वारा संचालित सिधा-पत्र डटकम
# सूचना तथा प्रसारण विभाग दर्ता नं . :– २४५९/०७७-०७८
#कम्पनी दर्ता नम्बर:- २४५५०७
# ठेगाना :- राजपुर गा.पा-२ दाङ,लुम्बिनी प्रदेश नेपाल
# सम्पर्क : – ९८५७८४०५१७
# बिज्ञापन : – ९८०९५६३२३६
# इमेल :- [email protected]