
Cps
Gfs
Lnp
Sds
cjs
Unsku
Sgr
Pbu
Rmb
Pes
pku
Srbpu
Rgp
Rgp
Gis
Ggp
sbs
Rgp1
Djs

nsb
Ksm
Rgs
Gst
Ssm
Hal
Bbbpu
Rgu
Rsb
Vor
Wsp
Ggd
Rgu
Sls
Tsm
Asm
Bbu
Sbs
Pvg

sab
Jmb
Rmb
Abd
Bml
Rpp
bbt
Jmb
Gsb
Pls
Mks
Syp
Ptm
दाङ । सिसहनियाँ उद्योग बाणिज्य संघले आगामी आर्थिक वर्षको सदस्यता नविकरण वापतको रकममा २० प्रतिशत छुट दिने निणर्य गरेको छ । संघको अध्यक्ष शान्तराज भण्डारीको अध्यक्षतामा बसेको कार्यसमिति बैठकले आफ्नो संघमा आवद्ध सदस्यहरुलाई छुट दिने निणर्य गेरेको महासचिव ईश्वरी अधिकारीले जानकारी दिए ।
त्यस्तै कोभिड १९ को दोस्रो महामारीको कारण उद्योगी, ब्यापारीहरु मर्कामा परेकोकारण सदस्यता नविकरणमा छुट दिईएको बताईएको छ । आगामी आर्थिक वर्ष उद्योगी ब्यापारीहरुले आन्तरीक राजश्व कार्यालय तुल्सीपुरमा राजश्व बुझाउन जान नपर्ने गरि सिसहनियाँमै टोलीबोलाउने लगायतको बैठकले निणर्य गरेको सचिव मदन पोख्रेलले जानकारी दिए ।
यस्तै सिसहनियाँ उद्योग बाणिज्य संघले स्वागत तथा विदाई कार्यक्रम गरेको छ । उद्योग बाणिज्य संघले विगतका दिन देखी सिसहनिया क्षेत्रमा स्थापीत नेपाल बैक लिमिटेडका प्रवन्धकहरुको स्वागत तथा विदाई गरेको हो । अध्यक्ष शान्तराज भण्डारीको अध्यक्षता तथा वडा नं ५ का वडा अध्यक्ष गोवर्धन रावतको प्रमुख आथित्यतामा कार्यक्रमको आयोजना गरि शाखा प्रवन्धक प्रशन्न धिताललाई विदाई र दिनेश कुमार बस्नेतलाई स्वागत गरिएको छ ।
यस्तै विगतमा उद्योग बाणिज्य संघको हरेक क्रियाकलापमा सहयोग र साथ दिदे आएकोकारण शाखा प्रमुख प्रशन्न धिताललाई संघको तर्फवाट मायाको चिनो सहित बिदाई गरिएको महासचिव ईश्वरी अधिकारीले जानकारी दिए । कार्यक्रममा ५ का वडा अध्यक्ष गोवर्धन रावत, प्रहरी चौकी प्रमुख बत्ती कुमार पोख्रेल, पुर्ण बहादुर बुढाथोकी, कुमार अधिकारी लगायत उद्योग बाणिज्य संघका पदाधिकारी तथा सल्लाहकारहरुले आफ्ना विचार ब्यक्त गरेका थिए ।
