
Dbs
Lnp
Ggp
Pbu
Ggp
ksb
Rgp
Usb
Sgp
Asb
Rgp
Rgp
lnp
Lks
Rgp
Jns
Dus


दाङ । अनलाइन टिभि पत्रकार संघ दाङको अध्यक्षमा राजेश खत्रि सर्वसम्मत रुपमा चयन हुनुभएको छ ।
शनिबार दाङ घोराहीमा आयोजीत अनलाइन पत्रकारहरुको भेलाले खत्रिको अध्यक्षतामा १३ सदश्य नयाँ तदर्थ कार्यसमिति चयन गरेको हो ।
जसको उपाध्यक्षमा प्रदीप भण्डारी सचिवमा एच.आर मगर,सह-सचिवमा मेगमन बुढा,कोषाध्यक्षमा जय प्रकाश पौडेल रहेका छन् भने सदस्यहरुमा सुरेश पंथी,अंकित खनाल,डमरु प्रसाद निरौला,घनश्याम घिमिरे,मदन मुस्कान वि.क,श्रीनारायन चौधरी,भिम बहादुर वली र बसन्त राना चयन भएका हुन ।
त्यस्तै सल्लाहाकार समितिमा मानव अधिकारी तथा शान्ती समाजका केन्द्रीय बरीष्ठ उपसभापति तथा पत्रकार शुसिल वस्नेत,नेपाल पत्रकार महासंघ दाङका निवर्तमान अध्यक्ष सविन प्रियासन र नेपाल पत्रकार महासंघ दाङका पुर्व उपाध्यक्ष नरेन्द्र केसीलाई चयन गरीएको छ ।
गत असार २२ गतेको भेलालाई नेपाल पत्रकार महासंघका केन्द्रीय उपाध्यक्ष उदय जि.एमले उद्घाटन गर्नु भएको थियो भने उक्त दिन अध्यक्षका दुइ आकांक्षीहरु विच सहमति नजुट्दा केन्द्रीय प्रतिनिधी अमृतमान वलीलाई सहमतिका लागी समय दिदै भेला स्थगित भएको थियो । जस अनुसार असार २६ गतेको आजको भेलामा दाङको पस्चिम हापुरे देखी पुर्व देउखुरी सम्मका ५० वढी पत्रकारहरुको उल्लेखनीय सहभागीताबाट सर्बसहमत रुपमा नयाँ तदर्थ समिति चयन गरीएको केन्द्रीय प्रतिनिधि अमृतमान वलीले जानकारी दिनु भयो ।
अनलाइन टिभि पत्रकार संघ नेपालका संस्थापक केन्द्रीय सदस्य तथा भेलाका केन्द्रीय प्रतिनिधि अमृतमान वलीको अध्यक्षतामा भएको भेलाको उद्घाटन गर्दै प्रमुख अतिथी जि.एम ले अनलाइन मिडीयालाई पछिल्लो चौथो पुस्ताको पत्रकारीताको अभ्यासका रुपमा आफुले लिएको वताउदै यसमा भईरहेका गल्ती कमि कमजोरीलाई सच्चाउनु पर्ने र यसलाई व्यवस्थीत, व्यवसायीक, मयार्दीत र जिम्मेवार वनाउन पर्नेमा जोड दिनु भयो ।
साथै उहाँका अनुसार संस्थाको दिगोपनाले भोली महासंघकै यसोसीयटका रुपमा स्थापीत हुन सक्ने वताउनु भयो ।
भेलाबाट दाङमा अनलाइन टिभिमा काम गर्ने तुलसीपुर निवासी झक्कु भण्डारीलाई सम्मान समेत गरीएको थियो । उहाँलाई दाङवाट अनलाइन टिभीको सुरुवात गर्ने पुरानो पत्रकार मध्यबाट सम्मान गरीएको हो ।
त्यस्तै भेलाबाट सर्बसहमत रुपमा चयन भएको नयाँ समितिलाई बधाइ दिदै केन्द्रीय प्रतिनिधी वलीले करीब २ वर्ष अगाडि संगठीत भइ नितिगत रुपमै दर्ता आधिकारीकता पाएपनि यस संस्थाले कोभिडका कारण देशैभर संघठन बिस्तार गर्न नसकेको जानकारी गराउनु भएको थियो । अव भने यस्को देशका सबै जिल्लामा गठन प्रक्रिया अगाडी बढीरहेको बताउनु भयो ।
