
Srbpu
Pes
Ggp
Rgp
Djs
Cps
Rgp1
Rgp
cjs
Lnp
Rmb
Unsku
Gis
Sds
Gfs
Sgr
pku
Pbu
sbs

Bbu
Ksm
Rsb
Hal
Ggd
Sls
nsb
Vor
Gst
Tsm
Bbbpu
Wsp
Sbs
Asm
Rgu
Pvg
Rgs
Ssm
Rgu

bbt
Mks
Abd
Rpp
Jmb
Syp
Ptm
Pls
sab
Bml
Rmb
Gsb
Jmb
कपिलवस्तु । कपिलवस्तुमा यस बर्ष झण्डै १२ लाख बिरुवा उत्पादन भएको छ । वातावरण हरियाली र निजिवन क्षेत्र बढाउने उदेश्यले कपिलवस्तुमा ११ लाख ७८ हजार ३ सय बिरुवा उत्पादन गरी वितरण कार्य भैरहेको छ ।
कपिलवस्तुमा रहेको डिभिजन वन कार्यालय गौतम बुद्ध चन्द्रौटा र डिभिजन वन कार्यालय कपिलवस्तु तौलिहवाले उपलब्ध गराएको तथ्यांक अनुसार बर्ष झण्डै १२ लाख बिरुवा उत्पादन गरी निशुल्क वितरण कार्य जारी रहेको छ । जिल्लामा टिक, मसाला, सफेता, हर्राे बर्राे, तेजपात बकाइनो, अमला, जमुना, आप, कटहर, लिची लगायतका बिरुवा निशुल्क वितरण भैहरको छ । डिभिजन वन कार्यालय गौतम बुद्ध चन्द्रौटा क्षेत्रमा ७ लाख ४८ हजार ३ सय विरुवा निशुल्क रुपमा वितरण भैरहेको छ । डिभिजन वन कार्यालय गौतम बुद्ध चन्द्रौटा मार्फत ३ लाख १९ हजार काठजातको बिरुवा उत्पादन गरी वितरण कार्य जारी राखेको डिभिजन वन कार्यालय गौतम बुद्ध चन्द्रौटा कपिलवस्तुका डिभिजनल प्रमुख दुर्गा बहादुर कार्कीले जानकारी दिनुभयो । डिभिजन वन कार्यालय गौतम बुद्ध चन्द्रौटा कपिलवस्तुले २३ हजार ५ सय फलफुलको विरुवा वितरण गरी सकेको डिभिजनल प्रमुख कार्कीले बताउनु भयो ।
डिभिजन वन कार्यालय गौतम बुद्ध अन्तरगत कपिलवस्तु साझेदारी बन ब्यवस्थापन समिति खरेन्द्रपुरले १ लाख ३० हजार काठजातको विरुवा वितरण कार्य जारी रहेको साझेदारी बन ब्यवस्थापन समितिका अध्यक्ष गंगेशनाथ तिवारीले जानकारी दिनुभयो । कपिलवस्तु साझेदारी बन ब्यवस्थापन समितिले ८ हजार २ सय फलफुलको विरुवा वितरण गरीसकेको अध्यक्ष तिवारीले बताउनु भयो । काठजातको विरुवा साझेदारीले उत्पादन गरेको र फलफुलका विरुवा खरिद गरी वितरण गरिएको उहाँले बताउनुभयो ।
शिवराज साझेदारी वन ब्यवस्थापन समिती चन्द्रौटा मार्फत १ लाख ३० हजार काठ प्रजातीको बिरुवा वितरण गरेको सहायक बन अधिकृत प्रेम शंकर गुप्ताले जनकारी दिनुभयो । नागरिकहरुको मागको आधारमा काठ प्रजातीको विरुवा उत्पादन गरी वितरण भैरहेको गुप्ताले बताउनु भयो ।
त्यस्तै गौतम बुद्ध साझेदारी वन ब्यवस्थापन समितीले १ लाख ३० हजार टिक (सहगवन) मिश्रित विरुवा र ७ हजार ६०० फलफुलको बिरुवा निशुल्क वितरण गरेको गौतम बुद्ध साझेदारी बन ब्यवस्थापन समितिका अध्यक्ष जानकी प्रसाद यादवले जानकारी दिनु भयो । गौतम बुद्ध वन ब्यवस्थापन समितिले बिरुवा प्राप्त गर्नका लागि निवेदन, नागरिकताको फोटोकापी, १ सय भन्दा बढी लिन चाहेमा प्रति विरुवा रु.२ (दुई) प्रति बिरुवा तिर्नु पर्ने ब्यवस्था गरेको गौतम बुद्ध साझेदारी वन ब्यवस्थापन समितीका अध्यक्ष यादवले बताउनु भयो ।
त्यस्तै डिभिजन वन कार्यालय कपिलवस्तु तौलिहवा अन्तरागत ४ लाख काठ प्रजातीको बिरुवा बितरण कार्य भैरहेको डिभिजनल प्रमुख इश्वरी प्रसाद पौडेलले बताउनु भयो । तौलिहवा क्षेत्रका ६ डिभिजन कार्यालय क्षेत्रमा विरुवा वितरण भैरहेको पौडेलले जानकारी दिनुभयो त्यहा पनि निशुल्क बिरुवा वितरण भैरहेको छ । तिलौराकोट साझेदारी वन ब्यवस्थापन चेतरादेईले १५ हजार फलफुलका बिरुवा खरिद गरी वितरण गर्ने साझेदारीका अध्यक्ष जय प्रकाश पाण्डेयले बताउनु भयो । काठ प्रजातीको विरुवा डिभिवन मार्फत आउने भएकोले फलफुलका विरुवा मात्र खरिद गरी वितरण गर्ने प्रक्रियामा रहेको पाण्डेयले जानकारी दिनुभयो ।
मायादेवी वन ब्यवस्थापन समितीले १५ हजार फलफुको विरुवा वितरण गर्ने योजनाका साथ अघि बढेको साझेदारीका अध्यक्ष अजिज खानले बताउनु भयो । मायादेवीमा पनि यस बर्ष काठ जातका विरुवा उत्पादन नगरेको अध्यक्ष खानले जानकारी दिनुभयो । डिभिजन वन कार्यालय गौतम बुद्ध क्षेत्र अन्तरगत ३ साझेदारी बन, ४९ सामुदायिक बन, १ धर्मिक बन र १ प्रस्तावित संरक्षीत बन रहेको सुचना अधिकारी गणेश प्रसाद चौधरीले बताउनुभयो ।
डिभिजन वन कार्यालय गौतम बुद्ध क्षेत्रमा ६ वटा सब डिभिजन कार्यालय रहेको छ । उत्पादीत विरुवा चम्पापुर सब डिभिजन वन कार्यालय, ठाकुरापुर सब डिभिजन वन कार्यालय, शिवपुर सब डिभिजन वन कार्यालय, गुगौली सब डिभिजन वन कार्यालय, खरेन्द्रपुर सब डिभिजन वन कार्यालय, शिवगढी सब डिभिजन वन कार्यालयमा पठाइएको सुचना अधिकारी गणेश चौधरीले जानकारी दिनुभयो ।
डिभिजन वन कार्यालय कपिलवस्तु तौलिहवा १ लाख ८ हजार काठ प्रजातीको विरुवा बहुबर्षिय विरुवा रहेको छ । डिभिजन वन कार्यालय कपिलवस्तु तौलिहवा अन्तरागत मोतिपुर, चेतरादेई, बडहरा, पिपरा, पटना, गोरुसिगें सब डिभिजन वन कार्यालय रहेको डिभिजन वन कार्यालय कपिलवस्तु तौलिहवाका सुचना अधिकारी मदन मोहन स्यान्डील्याले जानकारी दिनुभयो । त्यस क्षेत्रमा ६९ सामुदायिक बन, ४ धर्मिक बन, २ साझेदारी बन रहेको सुचना अधिकारी स्यान्डील्याले बताउनु भयो ।
