
Dus
lnp
Jns
Pbu
ksb
Lks
Rgp
Rgp
Usb
Asb
Rgp
Dbs
Rgp
Ggp
Lnp
Sgp
Ggp


दाङ । प्रमुख जिल्ला अधिकारी रामबहादुर कुरुम्वाङले कसैको प्रलोभनमा नपरी समग्र दाङकाे विकासका लागि दत्तचित्त भएर लाग्ने बताएका छन्। देउखुरी उद्योग वाणिज्य संघले बिहिवार लमहीमा आयोजना गरेको स्वागत कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख जिल्ला अधिकारी कुरुम्वाङले यस्तो बताएका हुन् ।
प्रमुख जिल्ला अधिकारीको जिम्मेवारी लिएर धेरै जिल्ला पुगि सकेकाे र नेपाल सरकारबाट उत्कृष्ट कार्य सम्पादन गरेको भन्दै पुरस्कृत समेत भएका कुरुम्वाङले अब हरेक शुक्रवार लमहीको इलाका प्रशासन कार्यालयमा आएर सेवा प्रवाह गर्ने बताए। त्यसै गरी उनले व्यवसायीहरुलाई कोरोना खोपमा उपेक्षित गरेको भन्ने गुनासो आईरहेको भन्दै अहिले तत्कालका लागि उधोग वाणिज्य संघका पदाधिकारीलाई खोप दिइने कार्यतालिका बनाएका छौं” उनले भने । उपभोक्ताहरुलाई मार नपरोस भनेर बजार अनुगमन गरिने बताए ।
दाङको विकासका लागि ५० लाख घन मिटर भन्दा बढी नदि जन्य पदार्थ चाहिँदो रैछ, त्यो कच्चापदार्थ संकलन गर्नका लागि दाङमा बैधानिक क्रसर दूइ वटा मात्र रैछ, जसको परिणाम अबैध हुने गर्छ यो बारेमा सबैको सुझाबको अपेक्षा गर्दछु”- प्रमुख जिल्ला अधिकारी कुरुम्वाङले भने । दाङ जिल्लाको समृद्धि र विकासमा आफू कटिबद्ध भएको उनको भनाई छ ।
म बोलेर भन्दा काम गरेर देखाउने मान्छे हुँ त्यसैले सबैको सहयोग चाहिन्छ” कुरुम्वाङले भने। जिल्ला प्रहरी कार्यालय दाङका प्रमुख सुरेस प्रसाद काफ्लेले लागू औषधको कारोबार, नदि जन्य पदार्थको उत्खनन जस्ता गलत क्रियाकलापलाई नियन्त्रण गर्ने बताए। जनतालाई निशुल्क सुरक्षाको प्रत्याभूत दिलाउने प्रहरीको पहिलो प्राथमिकता हुने प्रहरी प्रमुख काफ्लेको भनाई छ। ब्यापारीहरुले पनि मलाई थाह थिएन भन्ने, होटलहरुमा गलत धन्दा सन्चालन गर्ने गरेको पाइए छ्याम्य हुने छैन उनले भने । ब्यापारीहरुको तर्फ बाट हुतराज शर्मा अधिकारी, घनश्याम खनाल, रबिलाल आचार्य, हिमन्त प्रसाद पाण्डे, पत्रकार लिला शाह, दिवाकर पोख्रेल, अटो व्यवसायी तिर्थराज पोख्रेलले राखेको जिज्ञासाको जवाफ दाङ्गका प्रमुख जिल्ला अधिकारी राम बहादुर कुरुम्वाङ र जिल्ला प्रहरी प्रमुख सुरेश प्रसाद काफ्लेले दिएका थिए।
त्यस्तै देउखुरी उद्योग वाणिज्य संघका अध्यक्ष खगेश्वर खनालको अध्यक्षता तथा दाङ्गका प्रमुख जिल्ला अधिकारी राम बहादुर कुरुम्वाङको प्रमुख आतिथ्यतामा सम्पन्न भएको सम्मान कार्यक्रममा संघका उधोग उपाध्यक्ष केशबराज पोख्रेलले देउखुरी वाणिज्य संघले हाल सम्म गरेका गतिविधिका बारेमा प्रस्तुत गरेका थिए । कार्यक्रम सहजीकरण संघका सदस्य हरि थापाले गरेका थिए।
