
Syees
dsbus
Gsbus
Rbs
Ratbs
gms
Ssbus
Nssbus7
Pbu
Amb
Csbus
Gsl
Bksbus5
Ddhbs
syysr
Jsbus

Sbs
Rgu
Ggd
Asm
Bbu
Rgu
Hal
Tsm
Ksm
nsb
Gst
Sls
Rsb
Wsp
Pvg
Bbbpu
Ssm
Rgs
Vor

bbt
Pls
Gsb
Rpp
sab
Ptm
Rmb
Bml
Jmb
Mks
Jmb
Abd
Syp
सुनवल। पश्चिम नवलपरासीको सुनवल नगरपालिकाको राहत प्राप्त गर्नु नपर्ने व्यक्तिहरुले राहत प्राप्त गरेको पाईए पांच हजार जरिवाना गर्ने निर्णय गरेको छ । आज बसेको ६४ औं कार्यपालिकाको समिक्षात्म बैठकले जग्गा जमिन र घर भएका व्यक्तिले राहत बुझेमा सम्पति मुल्यांकन रोक्का राख्ने, व्यवसाय भएको व्यक्तिले राहत बुझेमा निजको व्यवसाय रोक्का गर्ने, नगरपालिकाले प्रदान गर्ने सम्पुर्ण सेवा बन्द गर्ने निर्णय गरेको हो ।कार्यपालिका बैठकले गरेका निर्णय नगरपालिकाले प्रेस विज्ञप्ती मार्फत सार्वजनिक गरेको छ ।बैठकले आफनो नगर क्षेत्रमा राहत वितरण सम्बन्धि बिभिन्न निर्णय गरेको छ । कार्यपालिका बैठकबाट राहत वितरण, र अनुमानित खर्च, कोषमा संकलित रकम, क्वारेन्टाईन संचालन व्यवस्थापन लगायतका ५ वटा निर्णय गरिएको नगर प्रवक्ता कृष्ण प्रसाद देवकोटाले जानकारी दिनुभयो । राहात बितरणका लागि खरिद गरिएको राहत सामाग्रीकोे अनुमानित खर्च रु ३७ लाख ६० हजार ८सय ८६ रहेको पे्रस बिज्ञप्ति मार्फत जनाएको छ । यसैगरी नगरपालिकाको दैबि प्रकोप राहत उद्धार कोषमा हाल सम्म नगदि र जिन्सी गरी रु ४६ लाख ८१ ह्जार ७ सय ९८ जम्मा भएको छ । नगरपालिकाकाले राहत बितरण मापदण्ड बमोजिम हाल सम्म १८ सय ६२ घरधुरीलाई राहत बितरण गरिएको र बाकि घरधुरिलाई राहत उपलब्ध गराउने प्रक्रियामा रहेको जनाएको छ । नगरको राहत बितरण प्रणाली सन्तोषजनक रहेको, राहत सामग्री गुणस्तरीय एवं नापतौल ठिक रहेको जनाएको छ । यसैगरि नगरपालिकाले दोस्रो चरणको राहत बितरणका लागि प्रथम चरणमा छुटेका राहत प्राप्त गर्न योग्य व्यक्तिहरुको नाम पहिचान गरि सिफारीस सहित नगरपालिकामा उपलब्ध गराउन नगरका १३ वटै वडा समन्वय समितिलाई निर्देशन दिएको छ । नगरक्षेत्र भित्र असंगठित क्षेत्रमा कार्यरत श्रमिक बर्ग तथा असहायहरुलाई उपलब्ध गराइने राहत सम्बन्धि मापदण्ड २०७६ मा मापदण्ड थप गरिएको छ ।
सुनवल नगरपालिकाले संचालनमा ल्याएको क्वारान्टाइन होमको संचालन र व्यवस्थापन सन्तोषजनक रहेको नगरप्रबक्ता देवकोटाले बताउनुभयो ।
