
Tgp
Rks
Ssb
Ppu
Ssb
Ksb
Ksb
Ksb
Csb
Fmb
Bsn
Usb
Rsb
jsb
Nsb
Gsb

Tsb
Gsb
Hl1
Ssb
Usb

ptl
Nps
Rgu
काठमाडौं। विश्वभर फैलिएको कोरोना संक्रमण रोक्नका लागि सरकारले लकडाउनको अवधि बढाउने निर्णय गरेको छ । मंगलबार बसेको मन्त्रिपरिषद बैठकले लकडाउन वैशाख १५ गतेसम्म लम्ब्याउने निर्णय गरेको हो ।
सरकारले पहिलो पटक गत चैत ११ गते बिहान ६ बजेदेखि १८ गतेसम्म लकडाउनको घोषणा गरेको थियो । त्यसैगरी चैत १७ गतेको मन्त्रिपरिषद बैठकले लकडाउन २५ गतेसम्म लम्व्याएको थियो भने चैत २४ गते सरकारले लकडाउनलाई बैशाख ३ गतेसम्म जारी राख्ने निर्णय गरेको थियो ।
विश्वभर कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या १ लाख १९ हजार नाघेको छ । त्यस्तै १९ लाख २३ हजार संक्रमित हुँदा ४ लाख ४४ हजार निको भएका छन् ।
