
Ksb
Rks
Ssb
Nsb
Usb
Ppu
Ssb
Bsn
Csb
Ksb
Gsb
Tgp
jsb
Fmb
Rsb
Ksb

Ssb
Tsb
Usb
Gsb
Hl1

Rgu
ptl
Nps
दाङ । शिक्षक महासंघ राजपुरले नेपाल शिक्षक महासंघको केन्द्रीय सर्कुलरअनुसार राजपुर गाउँपालिकामा रहेका विभिन्न राजनीतिक दलहरुसङ्ग अन्तरक्रिया कार्यक्रम शंकर मावी खरदरियामा सम्पन्न गरेको छ।
शिक्षक महासंघ राजपुरका अध्यक्ष तथा आन्दोलन परिचालन समिति राजपुरका संयोजक अशोक प्रसाद यादवको अध्यक्षतामा भएको कार्यक्रममा शिक्षक महासंघ राजपुरका सचिव एवम् ज्योति आधारभुत बिध्यालय गुरुङ्ग खोलाका प्रअ दिल बहादुर शाहीले नेपाल शिक्षक महासंघ र नेपाल सरकारबिच भएको सम्झौता र महासंघले राखेका ३४ बुदे मागहरुलाई पढेर सुनाउदै उल्लेखित मागहरुलाई स्थानीय सरकारले पुर्णरुपमा लागू गराउनुपर्ने कार्यमा विभिन्न राजनीतिक दलहरुले सहयोगी भुमिका निर्वाह गरिदिनुपर्ने बताउनु भयो ।
समितिका अध्यक्ष अशोकप्रसाद यादवले राजपुर गाउँपालिकाले कुल बजेटको २०% बजेट शिक्षामा छुट्याईदिएमा विद्यालयमा कार्यरत बाल शिक्षक, निजिश्रोत शिक्षक तथा कर्मचारी तलवको ब्यवस्था हुने बताउदै कोभिड बिरुद्धको भ्याक्सिन सम्पुर्ण शिक्षकहरुलाई दिएपश्चात् मात्रै शिक्षकहरु भौतिकरुपमा सहजै विद्यालयमा उपस्थित हुनसक्ने बताउनुभयो ।
कार्यक्रममा नेकपा (माओवादी केन्द्र) राजपुरका अध्यक्ष चक्रबहादुर खडका (शिखर),नेपाली काङ्ग्रेस पार्टी राजपुरका प्रतिनिधि त्रिजोगिनारायण यादव, राष्ट्रिय जनमोर्चा पार्टी प्रतिनिधि बेमराज खनाल र राप्रपा केन्द्रीय सदस्य लिला यादवको उपस्थिति रहेको थियो । उपस्थित राजनितिक दलका प्रतिनिधिहरुले शिक्षक महासंघले उठाएका मागहरु समयसान्दर्भिक रहेको हुँदा राजपुर गाउँपालिकाले सजिलैसङ्ग मागहरुलाई सम्बोधन गर्नुपर्ने बताउनुभएको छ।
कार्यक्रममा उपस्थित सबैको सामुहिक निर्णयानुसार असार २० गते शिक्षक महासंघ राजपुरका अध्यक्ष अशोकप्रसाद यादवको संयोजकत्वमा समिति पदाधिकारी , विभिन्न पार्टीका प्रतिनिधि,सम्पुर्ण वडाका वडा अध्यक्ष,शिक्षा शाखा प्रमुख,प्रमुख प्रशासकिय अधिकृत,लेखाअधिकृत,गाउँपालिका उपाध्यक्ष र गाउँपालिका अध्यक्षबिच समस्या समाधानकानिम्ती अन्तरक्रीया कार्यक्रम गाउँपालिकामा गर्ने निर्णय गरिएको छ ।

