Sidha Patra बुधबार, आषाढ १६, २०७८

दाङ । तुलसीपुर उपमहानगरपालिकाले सञ्चालन गरेको तुलसीपुर मेट्रो कलेजको भवन शिलन्यास गरिएको छ । नगरप्रमुख घनश्याम पाण्डे र उपप्रमुख माया शर्माले भवनको संयुक्त रुपमा शिलन्यास गरेका हुन् ।

त्यस्तै तुलसीपुरलाई शिक्षाको केन्द्रका रुपमा विकास गर्नका लागि उपमहानगरपालिकाले कलेज सञ्चालन गरेको हो ।५ करोड ३४ लाखमा टेण्डर भएको भवन थोडुङ्ग निर्माण कम्पनीले ३ करोड ९६ लाखमा ठेक्का पारेको थियो । निर्माण कम्पनीले १८ महिनाको म्याद भएपनि एक वर्षभित्रमा निर्माण सम्पन्न गर्ने जनाएको छ ।

भवनको शिलन्यास गर्दै नगरप्रमुख पाण्डेले भवन निर्माणसँगै तुलसीपुरमा शिक्षाको क्षेत्रमा थप आयाम थपिएको वताए । “संरचना निर्माणसँगै कलेजले कार्यक्रम पनि विस्तार गर्नेछ” नगरप्रमुख पाण्डेले भने ।

कलेज प्रमुख वसन्त आचार्यले आगामी वर्षबाट कलेजमा केही नयाँ कार्यक्रम थप हुन लागेको वताए । शिलन्यास कार्यक्रमा उपप्रमुख माया शर्मा आचार्य, कलेज सञ्चालक समिति सदस्य नवराज लामिछाने, सुर्यवहादुर डाँगी, कुमार लामिछाने, इन्जिनियरि पवन योगी लगायतले मन्तव्य राखेका थिए । साभार तुलसीपुर अनलाइन

हाम्रो टीम

संचालक तथा प्रबन्ध निर्देशक: मेगमन बुढा
सह-संचालक:विष्णु (वली) बुढा
सम्पादक : कृष्ण जि.एम
निर्देशक: भानु जोशी
सह-सम्पादक: टेकेन्द्र वली
क्राईमबिट प्रमुख : सागर थापा
जिल्ला ब्युरो: टेकबहादुर पुन
कार्यक्रम प्रमुख : मान ब.राना ‘ मानव’
प्रमुख सम्बाददाता : इराधा झाक्री मगर
वरिष्ठ सम्बाददाताहरु : शिवराज पन्थी, खडग ओली, तुलबहादुर कुँवर मगर,
जयप्रकाश पौडेल
सम्बाददाताहरु : टोपेन्द्र खनाल, शिव बस्नेत
सल्लाहकारहरु : बिपुल पोख्रेल, उदय जि.एम
कानुनी सल्लाहकार: वरिष्ठ अधिवक्ता रेवतीरमण भट्टराई
प्राविधिक :राजन चौधरी
क्यामेरा प्रमुख :नवराज गुरुङ

सामाजिक संजाल

सम्पर्क

एम.बि.के.एन मिडिया प्रा.लिद्वारा संचालित सिधा-पत्र डटकम
# सूचना तथा प्रसारण विभाग दर्ता नं . :– २४५९/०७७-०७८
#कम्पनी दर्ता नम्बर:- २४५५०७
# ठेगाना :- राजपुर गा.पा-२ दाङ,लुम्बिनी प्रदेश नेपाल
# सम्पर्क : – ९८५७८४०५१७
# बिज्ञापन : – ९८०९५६३२३६
# इमेल :- [email protected]