शिबराज पन्थी/गढवा मंगलबार, आषाढ १५, २०७८

दाङ । देउखुरीको गढवा गाउँपालिका कृषि बिकास शाखाको आयोजनामा मंगलबार १८ औं धान दिवस बिविध कार्यक्रम गरि मनाईको छ । सिद्धबाबा धान पाकेट कृषक समूहका अध्यक्ष हरि चन्द्र चौधरीको अध्यक्षता र गाउँपालिका वडा नं. ५ का निर्वाचित वडा सदस्य गोबिन्द ओलीको प्रमुख आतिथ्यमा भएको कार्यक्रममा प्रशासन शाखाका प्रमुख पुनाराम शर्मा,पशुसेवा शाखाका प्रमुख अनन्तराज रेग्मी,जनप्रतिनिधीहरु कलाधर पोख्रेल,पल्टुराम चौधरी लगायतले धान दिवसको महत्वका बारेमा बोल्नु भएको थियो ।

त्यस्तै सो अवसरमा कृषिमा यान्त्रीकरण र आधुनिकीकरण गर्नुपर्ने कुरामा सबैको जोड रहेको थियो । कार्यक्रममा बोल्दै प्रमुख अतिथि ओलीले जमीनको खण्डिकरण रोक्ने र बाँझो राख्न नपाइने गाउँपालिकाले निति कार्यक्रम नै बनाएको भन्दै कृषि पेशालाई मूलधारमा ल्याउन आवश्यक रहेको बताउनुभयो । यस्तै अहिलेको अवस्थामा लोकल प्रजाति लोप हुदै गै रहेको र हाइब्रेड प्रजातिले ब्यापकता पाएको स्थितीमा बिउः जोगाउन किसानहरु संबेदनशिल हुनुपर्नेमा उहाँले जोड दिनु भएको थियो ।

त्यसैगरी कार्यक्रममा धानको रोपाइ तथा महिला र पुरुषहरुको लागि छुट्टा–छुट्टै हिले दौड प्रतियोगिता आयोजना गरिएको थियो । प्रतियोगितामा उत्कृष्ट हुने किसानहरुलाई गाउँपालिकाका अध्यक्ष सहजराम यादवले पुरस्कार वितरण गर्नुभएको थियो । पुरस्कार वितरण तथा समापन कार्यक्रममा अध्यक्ष यादवले धान दिवसको महत्वका बारेमा प्रकाश पार्दै कृषि अनुदान र प्रबिधिको बिकासमा गाउँपालिकाले थुप्रै कार्यक्रमहरु बनाएको र आगामी दिनमा थप नयाँ कार्यक्रमहरु बनाएर कार्यान्वयन गर्ने उहाँले बताउनु भयो ।

धान उत्पादनमा बृद्धि,खाद्य सुरक्षा र आत्मनिर्भरता भन्ने मूल नाराका साथ धान दिवस मनाईएको गाउँपालिकाले जनाएको छ । कृषि शाखाका अधिकृत शिसिर रेग्मीको स्वागत मन्तब्यबाट सुरु भएको कार्यक्रमको सहजिकरण कृषि प्राबिधिक फुलन देवि चौधरीले गर्नुभएको थियो ।

हाम्रो टीम

संचालक तथा प्रबन्ध निर्देशक:मेगमन बुढा
सम्पादक : कृष्ण जि.एम

निर्देशक: भानु जोशी
क्राईमबिट प्रमुख : सागर थापा
जिल्ला ब्युरो: टेकबहादुर पुन

प्रमुख व्यवस्थापक : इराधा झाक्री मगर
प्रमुख सम्बाददाताहरु : शिवराज पन्थी, तुलबहादुर कुँवर मगर,
सुशीला (ओली) गिरी,जयप्रकाश पौडेल
सम्बाददाताहरु : टोपेन्द्र खनाल,शिव बस्नेत
सल्लाहकारहरु : बिपुल पोख्रेल,उदय जि.एम
कानुनी सल्लाहकार: वरिष्ठ अधिवक्ता रेवतीरमण भट्टराई

सामाजिक संजाल

सम्पर्क

एम.बि.के.एन मिडिया प्रा.लिद्वारा संचालित सिधा-पत्र डटकम
# सूचना तथा प्रसारण विभाग दर्ता नं . :– २४५९/०७७-०७८
#कम्पनी दर्ता नम्बर:- २४५५०७
# ठेगाना :- राजपुर गा.पा-२ दाङ,लुम्बिनी प्रदेश नेपाल
# सम्पर्क : – ९८५७८४०५१७
# बिज्ञापन : – ९८०९५६३२३६
# इमेल :- [email protected]