
ksb
Dus
Lks
Ggp
Usb
Jns
Rgp
Sgp
Rgp
Pbu
Lnp
lnp
Rgp
Ggp
Asb
Rgp
Dbs


दाङ । देउखुरीको राजपुर गाउँपालिका वडा नम्बर ७ राताकाशका पिडकले आफ्नो बदनाम हुने गरि
एकपक्षिय ढङ्गले समाचार सम्प्रेषण गरेको बिषयमा घोर आपत्ति जनाएका छन् । यसैगरी पिडकले सोमबार एक प्रेस विज्ञप्ती मार्फत जारी गरेको प्रेस विज्ञप्ती जस्ताको त्यस्तै निम्न रहेको छ ।
उपरोक्त सम्वन्धमा म पडितले मितिः२०७८।०२।२५ गतेका दिन म माथि भएका सम्पुर्ण कसुरका बारेमा मैले ईलाका प्रहरी कार्यालय गढवामा जाहेरी दर्ता गराई सकेको छु । जुन कसुरका बारेमा मैले वणर्न र ब्याख्या गरि रहनु पर्ने छैन । म माथि भएको जघन्य अपराधलाई गाँउ घरमा जबर्जस्ति मिलाउने प्रयास गरियो तर मैले मानिन र आफु माथि भएको कसुरको विरुद्ध न्यायको लडाई लड्ने निधो गरे ।
उक्त घटना साम्य पार्नलाई अनेक दवाब नभएका हैनन् तर प्रहरीको निष्पक्ष भुमिकाका कारण मेरो मुदा दर्ता भएको हो । मैले न्याय पाउने अपेक्षा गर्दै सम्मानित अदालतवाट हुने फैसला उपर मेरो विस्वास छ । तर म माथि नै आरोप र प्रश्न उठ्ने गरी दाङको घोराहीबाट प्रकाशित हुने गणतन्त्र राष्ट्रिय दैनिकमा मिति २०७८ साल १४ गते “झुठा मुद्दा दर्ता गरेको भन्दै राताकाँसबासीको आपत्ति“ शिर्षक राखेर पत्रकार शिवु खनालले लेखेको समाचार पढ्दा म झसङ्ग भएँ र अझै धेरै पिडित भएको महसुस भयो । समाजमा म जस्तो जघन्य अपराधबाट पिडित महिला माथि अदालतमा गई सकेको बिषय अनावश्यक रूपमा मेरो पक्षमा रहेको साँचिहरूलाई समेत प्रभाव, दवाबमा पर्ने गरी समाचार लेख्दा भोलिका दिनमा मैले न्याय पाउँछु की पाउँदिन भन्ने प्रश्न मेरो मनामा उब्जिएको छ । जबर्जस्ति करणीको प्रयास जस्तो अपराधमा समाचार लेख्दा पत्रकारले गोपनियता नै भङ्ग हुनेगरी समाचार प्रकाशित हुनु कत्तिको गैरजिम्मेवार हो ? मेरो प्रश्न नेपाल पत्रकार महासंघलाई छ । तर मेरो पनि गोपनियता छ । जसरी मेरो नाम नै लिएर बदनाम हुने गरी समाचार एकपक्षिय ढङ्गले सम्प्रेषण गरेको बिषयमा मेरो घोर आपत्ति रहेको छ । यस्ता खालका चरित्र बोकेका राजनैतिक पार्टीका जिम्मेवारी पदमा रहेका पत्रकारलाई पत्रकार महासंघ नेपालसंग कारवाहीका लागी माग गर्दछु ।पत्रकारीताका न्युनतम मुल्य मान्यता समेत नरहेका पत्रकार ज्युलाइ म जनकारी गराउन चाहान्छु ।
तपाइले समचारमा राख्नु भएको फोटो समेत पिडक मध्यका एक भक्त बहादुर बिकको घरको आगनमा खिचिएको हो । म यो न्यायको लडाईमा प्रहरी, प्रशासन र अदालतको बिषयमा अहिले केही बोल्न चाहान्न । प्रहरी, प्रशासन र अदालतसगं मेरो पूणर् विस्वास छ । सम्मानित अदालतमा पेश भइ सकेको बिषयमा अनावश्यक रुपमा प्रभाव पर्ने गरी न लेख्न र नबोल्न जो कोहीँलाइ अनुरोध गर्दछु ।
