दाङ । आर्थिक अभाव र मदिरा सेवन नै लैङगिक हिंसाको प्रमुख कारण रहेको एक कार्यक्रमका सहभागिहरुले बताएका छन् । आज बबईमा भएको समाजमा रहेका कुरिति कुप्रथा लैङगिक हिंसा मावन बेचविखन तथा ओसार पसार विरुद्ध सचेतना मुलक अभिमुखिकरण कार्यक्रम बोल्ने बक्ताहरुले यस्तो बताएका हुन । कार्यक्रममा बबई गाउपालिकाका उपाध्यक्ष सावित्रा विश्वकर्माले बनेका कानुनलाई व्यवहारमा कार्यन्वयन गर्न आवश्यक रहेको बताउनु भयो ।
यस्तै कुरिति कुप्रथा लैङगिक हिंसा मावन बेचविखन तथा ओसार पसारबार ईलाका प्रहरी कार्यलय खिलतपुरका प्रहरी निरिक्षक नविन चुडाँलीले प्रशिक्षण गर्नु भएको थियो । कार्यक्रममा बबई गाउपालिका प्रमुख प्रशासकिय अधिकृत भिष्मकुमार मल्ल समाजमा सद्भाव ल्याउन आर्थिक विकासुमा जोडदिनु पर्ने बताउनु भयो । त्यस्तै कार्यक्रमममा अन्तर्रपार्टी महिला सञ्जालका सदस्य अन्जु घर्ती लगाएतले बाल्नु भएको थियो । कार्यक्रममा ३० जनाको सहभागिता रहेको थियो । कार्यक्रमको सहजीकरण बबई गाउपालिका महिला बालबालिका शाखा संयोजक ईश्वरा रावतले गर्नु भएकोथियो ।