दाङ । देउखुरीमा करेन्ट लागेर एक जनाको ज्यान गएको छ । ज्यान जानेमा राप्ती गाउँपालिका वडा नम्बर १ का २५ वर्षिय सागर सोमई मगर रहेका छन ।
गढवा गाउँपालिका वडा नम्बर १ जुरौनी स्थित रहेको शप्तऋषि क्रसर कम्पनीमा जाँदै गरेको प्रदेश २-०३००१ ख ३१६१ नम्बरको टिप्परले बाटो माथी झुन्डिएको तार छुन्छ कि भनी उक्त तार उचाल्ने क्रममा मगरलाई करेन्ट लागेको इलाका प्रहरी कार्यालय गढवाका प्रहरी निरीक्षक राज कुमार भट्टले जानकारी दिए ।
शनिवार बेलुका पौने सात बजे तिर घटना घटेको थियो । करेन्ट लागेर गम्भीर घाइते भएका मगरको उपचारका क्रममा लमही अस्पतालमा मृत्यु भएको प्रहरी निरीक्षक भट्टले बताए । उनी टिप्परका सहचालक हुन । टिप्पर र चालकलाई गढवा प्रहरीले नियन्त्रणमा लिएको छ ।