Sidha Patra शनिबार, आषाढ १२, २०७८

दाङ । नेपाल पत्रकार महासंघका केन्द्रिय अध्यक्ष विपुल पोख्रेलले समाचार लेखेकै भरमा पत्रकारलाई जेल हालेर तह लगाउने कानुन आफुहरुलाई कुनै पनि हालतमा मान्य नहुने बताउनु भएको छ ।

लुम्बिनी प्रदेश आन्तरिक मामिला तथा कानुन मन्त्रालयको सहयोगमा नेपाल पत्रकार महासंघ लुम्बिनी प्रदेश समितिको आयोजनामा शुक्रवार देखि लुम्बिनी प्रदेशको स्थायी राजधानी भालुवाङमा सुरु भएको कोभिड महामारी र पत्रकारिता विषयक अन्तरक्रिया कार्यक्रम अन्तरगत शनिवार दोस्रो तथा अन्तिम दिन कानुन सम्बन्धी नीतिगत संवाद कार्यक्रममा बोल्दै सो कुरा बताएको भएको हो ।

त्यस्तै प्रदेश समिति अध्यक्ष बसन्त गिरीको अध्यक्षतामा भएको कार्यक्रममा बोल्दै प्रमुख अतिथि समेत रहनु भएका अध्यक्ष पोख्रेलले कतिपय नीतिगत कुराहरु संविधान सँग बाझिएको बताउनु भयो । कार्यक्रममा नेपाल पत्रकार महासंघका निवर्तमान केन्द्रिय अध्यक्ष गोविन्द आचार्यले पत्रकारिता सँग सम्बन्धी नीतिगत विषय वस्तुका विषयमा जानकारी गराउनु भएको थियो । कार्यक्रममा पत्रकारहरुले आ आफ्नो जिज्ञासा तथा सुझाव समेत राखेका थिए ।

कार्यक्रमको सञ्चालन प्रदेश समितिका महासचिव विक्रम खड्काले गर्नु भएको थियो । कार्यक्रममा लुम्बिनी प्रदेशका ११ वटा जिल्लाका पत्रकारहरुको सहभागिता रहेको थियो ।

हाम्रो टीम

संचालक तथा प्रबन्ध निर्देशक:मेगमन बुढा
सम्पादक : कृष्ण जि.एम

निर्देशक: भानु जोशी
क्राईमबिट प्रमुख : सागर थापा
जिल्ला ब्युरो: टेकबहादुर पुन

प्रमुख व्यवस्थापक : इराधा झाक्री मगर
प्रमुख सम्बाददाताहरु : शिवराज पन्थी, तुलबहादुर कुँवर मगर,
सुशीला (ओली) गिरी,जयप्रकाश पौडेल
सम्बाददाताहरु : टोपेन्द्र खनाल,शिव बस्नेत
सल्लाहकारहरु : बिपुल पोख्रेल,उदय जि.एम
कानुनी सल्लाहकार: वरिष्ठ अधिवक्ता रेवतीरमण भट्टराई

सामाजिक संजाल

सम्पर्क

एम.बि.के.एन मिडिया प्रा.लिद्वारा संचालित सिधा-पत्र डटकम
# सूचना तथा प्रसारण विभाग दर्ता नं . :– २४५९/०७७-०७८
#कम्पनी दर्ता नम्बर:- २४५५०७
# ठेगाना :- राजपुर गा.पा-२ दाङ,लुम्बिनी प्रदेश नेपाल
# सम्पर्क : – ९८५७८४०५१७
# बिज्ञापन : – ९८०९५६३२३६
# इमेल :- [email protected]