
Ggp
Usb
lnp
ksb
Lks
Asb
Dbs
Rgp
Rgp
Dus
Ggp
Rgp
Rgp
Lnp
Sgp
Jns


दाङ । देउखुरीको राप्ती गाउँपालिकाका अध्यक्ष नुमानन्द सुवेदीले महाप्रभु बचत तथा ऋण सहकारी संस्था लिमिटेडमा भएको आर्थिक अपचलनको विषयलाई लिएर गाउँपालिका र आफ्नो समेत नाम जोडिएकोमा एक प्रेस विज्ञप्ती मार्फत तपसिलको ध्यानाकर्षण जनाउनु भएको छ । तपसिल
उपर्युक्त सम्बन्धमा साविक महाप्रभु बचत तथा ऋण सहकारी संस्था लिमिटेडमा भएको आर्थिक अपचलनको विषयलाई लिएर राप्ती गाउँपालिका र मेरो समेत नाम जोडिएर विभिन्न सञ्चार माध्यम र सामाजिक सञ्जालमा प्रकाशित तथा प्रशारित समाचारप्रति गम्भीर ध्यानाकर्षण भएको छ । साविक महाप्रभु बचत तथा ऋण सहकारी संस्था लिमिटेड लालमटियाको संस्थापक र लेखा समिति संयोजक पदमा रहेर जिम्मेवारीपूर्वक कार्यकाल सम्पन्न गरी मिति २०७४ असार मसान्तदेखि कुनै पदीय जिम्मेवारीमा नरहेको जानकारी गराउँछु ।
त्यस्तै हाल महाप्रभु बचत तथा ऋण सहकारी संस्था लिमिटेडसहित अन्य तीन वटा सहकारी संस्थाविच एकीकरण भई देउखुरी बचत तथा ऋण सहकारी संस्था लिमिटेडको नाममा सञ्चालन भइरहेको छ । विगतमा मैले संस्थाको संस्थापक र लेखा समिति संयोजक पदमा रहेर महत्वपूणर् भूमिका निर्वाह गरे तापनि हाल उक्त संस्थाको रकम हिनामिनाको सम्वन्धमा त्यस संस्थामा कार्यरत कर्मचारी विक्रम रानाले प्रविधिको दुरुपयोग गरी प्रारम्भिक अनुसन्धानको क्रममा आफूले रकम हिनामिना गरेको लिखितरुपमै स्वीकार गरिसकेको अवस्था छ । हाल संस्था सञ्चालनको जिम्मेवारी अन्य पदाधिकारीहरुले लिईसकेको सन्दर्भमा मेरो इज्जत, प्रतिष्ठामा आँच आउने र चरित्र हत्या गर्ने गरी आएका समाचारप्रति दुःख व्यक्त गर्दै यसमा कुनै सत्यता नरहेको जानकारी गराउन चाहन्छु । हाल म लगायत संस्थामा आवद्ध २५ जना विरुद्ध मुद्दा दायर भएको विषयमा पूर्व पदाधिकारीको नाताले प्रहरी, प्रशासन र अदालतले गर्ने निष्पक्ष अनुसन्धानका लागि पूणर्रुपमा सहयोग गर्ने विश्वास दिलाउन चाहन्छु । स्थानीय सरकार प्रमुखको नाताले जनताको रकमको सुरक्षा गर्नु प्रमुख दायित्वबोध गरी रकम हिनामिनामा संलग्न जोसुकैलाई कानूनबमोजिम हदैसम्म कारवाहीका लागि आवश्यक सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्दछु ।
