
jms
Ssbus
Asm
gms
jmb
Rg-9
Gsbus
Bpb
Ppu
smb
Sys

Gsb
kbs
Rys
Ln1
Gg5
Ln3
Ssb
Gg1
Asm
Tsb
Ln2
Ln7
Hl1
Ln8
cks
Dps
bmj
bml
Sbs
Usb

Rss
Sml
Sab
Jpb
ptl
Snk
Gg3
Gjl
Bpb
Gg4
Sbs
Rgu
Ksb
Gg6
Nps
Gg2
Jab
मुगु । मुगुको छायानाथ रारा नगरपालिका बासि र सदरमुकाम गमगढी बजारका नागरिकहरु एक हप्ता देखि अन्धकारमा बस्न बाध्य भएका छन् । भारी वर्षाका कारण नेपाल विद्युत प्राधिकरण गमगढ वितरण केन्द्र मुगुको मुहान र नहरमा बालुवा, ढुङ्गा र लेदो विद्युत सेवा आपुर्ति नहुदा यहाका नागरिक अन्धकारमा बस्न बाध्य भएका हुन ।
त्यस्तै यता उपभोक्ताका अनुसार विद्युत कहिले आउन्छ भनेर प्रश्न गर्छन ? गमगाढ वितरण केन्द्रको जवाफ विद्युत आज आउछ , भोलि आउछ , आज त पक्का आउछ भनेर नागरिक लाई आश्वासन मात्र बाँडेर हिड्ने गरेको नागरिक समाज मुगुका अध्यक्ष रुप बहादुर मल्लले बताए । विद्युत सेवा अवरुद्ध हुँदा स्थानीय नागरिक देखि कार्यालय संचालनमा समेत सेवा प्रवाहमा समस्या आएको छ ।
विद्युत सञ्चालन गर्न एफ.पि.एफको दौडान
यस्तै गमघाट वितरण केन्द्रमा जनशक्ति अभावका कारण अवरुद्ध भएको विद्युतलाई सुचारुमा ल्याउन सशस्त्र प्रहरी बलको दौडाई चलिरहेको छ । गत तीन दिन देखि सशस्त्र प्रहरी बल नं ४५ गुल्म हे.क.मुगुबाट १५ जनाको टोलीले अवरोध हटाउने काम गरिरहेको सशस्त्र प्रहरी बल मुगुका डिएसपि खुम बहादुर केसीले जानकारी दिए । पानीको बहाव ठुलो भएकाले स्काभेटरको सहायताले पानीलाई हटाउने काम भएको उनले बताए । उनले प्रहरीको सहजिकरणमा हिजो नै नहरमा पानी संचालनमा आएको र मुहानमा काम बाँकी भएकाले शुक्रबार काम सम्पन्न गरि दिउँसो २ बजे भित्र बत्ती संचालनमा आउने भनिएता पनि विद्युत सेवा सुचारु नभएको बताईएको छ । साभार खबर २४ नेपाल
