
mbd
Sds
Rbs
Gisld
Pbu
Mbdvs

Hal
Wsp
Rgs
Sbs
nsb
Bbbpu
Rgu
Sls
Asm
Pvg
Ssm
Gst
Vor
Rgu
Ksm
Bbu
Ggd
Tsm
Rsb

bbt
Abd
Pls
Syp
Bml
Ptm
Rpp
Jmb
Gsb
Mks
Jmb
sab
Rmb
काठमाडौँ । स्वास्थ्य तथा जनसंख्यामन्त्री भानुभक्त ढकालले अत्यावश्यक औषधिहरूको उत्पादनमा नेपाल आत्मनिर्भर बन्नुपर्ने बताउनुभएको छ । आइतबार मन्त्रालयमा देउराली जनता फर्मास्यूटिकल्स प्रा. लि. का तर्फबाट प्राप्त एक लाख ५० हजार थान हाइड्रोक्सीक्लोरोक्वाइन सल्फेट ट्याब्लेट (Hydroxychloroquine Sulfate Tablets) बुझ्दै मन्त्री ढकालले भोलिका दिनमा नेपालमा चाहिने अत्यावश्यक औषधिहरूमा आत्मनिर्भर हुन सकियोस भन्नेर काम गर्नुपर्ने बताउनुभयो ।
मन्त्री ढकालले सम्पूर्ण औषधि व्यवसायीहरूले आफ्नो उत्पादन बढाउनु पर्ने भन्दै त्यसका लागि आवश्यक वतावरण तयार गर्नका लागि सरकारले सहयोग गर्ने बताउनुभयो । उहाँले भन्नुभयो ‘औषधिहरू पर्याप्त उत्पादन गर्नुस्, उत्पादन गर्ने कुरामा कठिनाइ छन भने ती कठिनाइ हटाउनका लागि सरकार तपाइँहरूको साथमा हुन्छ ।’
‘तपाइँहरू जस्तै व्यवसायी जो यो क्षेत्रमा लाग्नु भएको छ राज्यले उहाँहरूको संरक्षण गर्ने विकास गर्न सहयोग पुर्याउने र परनिर्भरताको यो विषयबाट माथि उठ्ने यो योजनाका साथी लाग्छौँ ।’ उहाँले भन्नुभयो ‘अफ्ठेरोमा सहयोग गर्नुभएको छ योप्रति त आभार नै छ । भोलिको दिनहरूका लागि पनि औषधि उत्पादन बढाउनेगरी लाग्नुस सरकार पूर्ण रूपमा तपाइँहरूको साथमा हुन्छ ।’
उहाँले सबै मन्छेहरूको परीक्षा अफ्ठेरोमा हुने भन्दै सजिलो बेलामा बोक्ने र सहयोग गर्नेहरू धेरै पाइने भए पनि अफ्ठेरो बेलामा राज्यको ठाउँमा हामी पनि साथै छौँ भन्ने मान्छेहरू थोरै पाइने बताउनुभयो । उहाँले उद्योगको तर्फबाट प्राप्त सहयोगका निम्ति सरकारको तर्फबाट प्रशंशा व्यक्त गर्दै धन्यवाद प्रकट गर्नुभयो ।
सो समारोहमा देउराली जनता फर्मास्यूटिकल्सका कार्यकरी निर्देशक हरिभक्त शर्माले आफू सधैँ सरकारसँग हातेमालो गरेर अघि बढ्न तयार रहेको बताउनुभयो । उहाँले उद्योगका तर्फबाट आगामी दिनमा पनि सहयोग गर्दै जाने बताउनुभयो । उहाँले कोरोनाको विपद् सुरू भए लगत्तै पनि विभिन्न सहयोग गरेको बताउँदै सरकारसँग हातेमालो गर्दै अघि बढ्ने बताउनुभयो । सो समारोहमा मन्त्रालयका सचिव यादव कोइराला, मन्त्रालयका विज्ञ सल्लाहकार डा खेमबहादुर कार्की र औषधि व्यवस्था विभागका महानिर्देशक नारायण ढकाल पनि सहभागी हुनुहुन्थ्यो ।
तयार रहेको बताउनुभयाे । उहाँले उद्योगका तर्फबाट अागामी दिनमा पनि सहयाेग गर्दै जाने बताउनुभयाे । उहाँले कोरोनाको विपद् सुरू भए लगत्तै पनि विभिन्न सहयोग गरेको बताउँदै सरकारसँग हातेमालो गर्दै अघि बढ्ने बताउनुभयाे । सो समारोहमा मन्त्रालयका सचिव यादव कोइराला, मन्त्रालयका विज्ञ सल्लाहकार डा खेमबहादुर कार्की र अाैषधि व्यवस्था विभागका महानिर्देशक नारायण ढकाल पनि सहभागी हुनुहुन्थ्यो ।
