
Asb
Lks
Pbu
Usb
Ggp
Ggp
Rgp
Sgp
lnp
Dus
Rgp
Dbs
Rgp
Rgp
Jns
ksb
Lnp


काठमाडौं । आजदेखि केही अन्तर्राष्ट्रिय विशेष उडान शुरु भएका छन् । नेपाल एअरलाइन्सले कतारको दोहा र टर्किस एअरलाइन्सले इस्तानबुलबाट उडान गर्ने छ ।
त्यस्तै हिमालय एअरलाइन्सले क्वालालम्पुर, जजिरा एअरले कुवेत,फ्लाइ दुबईले दुबई, सलाम एअरले ओमान र एअर अरेबियाले आबुधाबीमा उडान गर्नेछन् । नेपाल एअरलाइन्सले जापानको उडान गर्ने भएको छ ।
यस्तै मन्त्रिपरिषद्को निर्णय अनुसार संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले असार १७ गतेदेखि नियमित आन्तरिक उडान शुरु गर्ने जनाएको हो ।
त्यस्तै असार १७ गतेदेखि कुल उडान सङ्ख्याको ५० प्रतिशतमा नबढ्ने गरी आन्तरिक हवाई उडानको व्यवस्था मिलाउन नेपाल नागरिक उड्डयन प्राधिकरणलाई निर्देशन दिइएको मन्त्रालयले जनाएको छ ।
