थम्मन थापा आइतबार, चैत्र ३०, २०७६

बागलुङ।कोरोना भाईरसको जोखिमयुक्त जिल्लाको सूचीमा रहेको बागलुङमा थालिएको कोरोनो भाइरस (कोभिड १९) को शनिबार ३ सय ९७ जनामा द्रुत परीक्षण (¥यापिड टेष्ट) गरिएको छ । जिल्लाका चार स्थानीय तहमा परिचालन गरिएको स्वास्थ्य प्राविधिक टोलीले बागलुङ नगरपालिका, बडिगाड गाउँपालिका, निसीखोला गाउँपालिका र ढोरपाटन नगरपालिकामा ¥यापिड टेष्ट गरिएको हो । विदेशबाट आएका बागलुङ नगरपालिकाका ९१ जना, बडिगाड गाउँपालिकाका १ सय १४ जना, निसीखोला गाउँपालिका १ सय १५ र ढोरपाटन नगरपालिकाका ७७ जनाका ¥यापिड टेष्ट गरिएकोमा सबैको नेगेटिभ रिपोर्ट आएको स्वास्थ्य कार्यालय बागलुङका प्रमुख सुरज गुरौले जानकारी दिनुभयो । जिल्लाभरमा कोरोना संक्रमितसँग सम्पर्क भएका र विदेशबाट आएकाहरु गरेर ९ सय ३८ जनाको ¥यापिड डाइगोनोस्टिक टेष्ट गरिनेछ । बागलुङमा बिहिबारदेखि ¥यापिड टेष्ट सुरु गरिएको थियो । हालसम्म ५ सय ५ जनाको स्वास्थ्य परीक्षण गर्दा सबैको रिपोर्ट नेगेटिभ आएको छ । पहिलो दिन १२, दोस्रो दिन ९४ र तेस्रो दिन ३९७ जनाको स्वास्थ्य परीक्षण गरिएको थियो । परीक्षण गर्नेमा बागलुङ नगरपालिकामा १ सय ९२, ढोरपाटन नगरपालिका र तमानखोला गाउँपालिकामा ७८, बरेङ गाउँपालिकामा ५६, जैमिनी नगरपालिका ८६, निसीखोला गाउँपालिकामा १ सय ३, काठेखोला गाउँपालिकामा ५६, बडिगाड गाउँपालिकामा १ सय ६१, गलकोट नगरपालिकामा १ सय २८ र ताराखोला गाउँपालिकामा ३३ जना छन् । स्वास्थ्य मन्त्रालयले ¥यापिड टेष्टका लागि प्रयोग जिल्लामा १ हजार थान आरबिटि किट पठाएको छ । बागलुङमा भेटिएका बानपा ४ का १९ वर्षीया युवती र बानपा ३ का ६५ वर्षीय महिलाको धौलागिरी अञ्चल अस्पताल बागलुङको आइसोलेसन कक्षमा उपचार भइरहेको छ । आज जिल्लाको गलकोट नगरपालिकामा र्यापिड टेष्ट सञ्चालन भईरहेको छ

हाम्रो टीम

संचालक: मेगमन बुढा
संपादक:कृष्ण जि.एम
निर्देशक:भानु जोशी
क्राईमबिट प्रमुख:सागर थापा
जिल्ला ब्युरो:टेकबहादुर पुन
प्रमुख सम्बाददाताहरु:शिवराज पन्थी,सुशीला (ओली)गिरी,जयप्रकाश पौडेल
सम्बाददाताहरु:टोपेन्द्र खनाल,इराधा झाक्री मगर,शिव बस्नेत,प्राविधिक: मिना थापा,सल्लाहकारहरु:बिपुल पोख्रेल,उदय जि.एम

सामाजिक संजाल

सम्पर्क

एम.बि.के.एन मिडिया प्रा.लिद्वारा संचालित सिधापत्र डटकम
# दर्ता नं. :– २४५९/०७७-०७८
#कम्पनी दर्ता नम्बर:- २४५५०७
# ठेगाना :- राजपुर गा.पा-२ दाङ,लुम्बिनी प्रदेश नेपाल
# सम्पर्क : – ९८५७८४०५१७
# बिज्ञापन : – ९८४९८८७५१४
# इमेल :- [email protected]