दाङ । देउखुरीको राप्ती नदीमा आएको बाढीका कारण बेला घाटमा फसेका चार जनाको सकुशल उद्धार कार्य भएको छ । नेपाली सेना, सशस्त्र प्रहरी र नेपाल प्रहरीको संयुक्त टोलीले बेला घाटमा फसेकाहरुको उद्धार गरेको हो । त्यस्तै दाङको लमही नगरपालिका वडा नम्बर ७ हस्नापुरका ४८ वर्षे मन्साराम चौधरी,राजपुर गाउँपालिका – २ निवासी ४५ वर्षकी सावित्रा,सोही ठाउँका २६ वर्षे राधे यादव र राजपुर गाउँपालिका–३ प्रतापपुरका २६ वर्षे गणेश यादवको झण्डै १२ घण्टापछि उद्धार गरिएको इलाका प्रहरी कार्यालय अमिलियाका प्रहरी निरीक्षक राजीव श्रेष्ठले जानकारी दिनु भएको छ ।
यस्तै भैँसी चराउन गएको बेला राप्तीमा भेल बढे पछि उनीहरु फर्कन सकेनन्। लगत्तै उद्धारको प्रयास सुरु भयो’, प्रहरी निरीक्षक श्रेष्ठले भन्नु भयो । राति १ बजेसम्मको प्रयास सफल हुन सकेन त्यसपछि बिहान उद्धार थालियो । तीन परिवारका १७ भैँसी टापुमा छाडिएको प्रहरी निरीक्षक श्रेष्ठले जानकारी दिनु भयो ।