
Mbdvs
Gisld
Rbs
Pbu
mbd
Sds

Ggd
Wsp
Vor
Bbbpu
Rsb
Gst
Rgu
Ksm
nsb
Tsm
Rgs
Hal
Asm
Sbs
Ssm
Rgu
Pvg
Sls
Bbu

Abd
Mks
Jmb
Ptm
Bml
Rmb
Jmb
Pls
Rpp
Gsb
bbt
Syp
sab
काठमाडौं । राष्ट्रिय परीक्षा बोर्डले माध्यामिक शिक्षा परीक्षा (एसईई) मूल्यांकनका लागि नयाँ कार्यविधि बनाउने भएको छ । यस वर्ष पनि आन्तरिक मूल्यांकनबाट एसईईको नतिजा सार्वजनिक गर्ने भएपछि त्यसका लागि कार्यविधि बनाउन लागिएको बोर्डका अध्यक्ष प्रा.डा.चन्द्रमणि पौडेलले जानकारी दिए । कार्यविधिको ड्राफ्ट तयार पारी सकेको र यही महिनाभित्र सकेर मूल्यांकन गर्न निर्देशन दिने पौडेलको भनाइ छ ।
यस्तै गतवर्ष एसईईको नतिजाका लागि राष्ट्रिय परीक्षा बोर्डले एसईई कक्षा १० को मूल्यांकन, नतिजा प्रकाशन तथा प्रमाणीकरण कार्यविधि, २०७७ जारी गरेको थियो । सोही कार्यविधि अनुसार विद्यालयको प्रधानाध्यापक, कक्षा शिक्षक र अनुभवी शिक्षक गरी तीन सदस्यीय मूल्यांकन समिति गठन गरी विद्यार्थीको मूल्यांकन गरिएको थियो । समितिले पहिलो त्रैमासिक अवधिको मूल्यांकन १० प्रतिशत, दोस्रो त्रैमासिक अवधिको मूल्यांकन ३० प्रतिशत र शैक्षिक सत्रको अन्त्यसम्ममा निर्धारित सबै विषयवस्तु मूल्यांकन गरी परीक्षाफल प्रकाशित गरेको थियो ।
त्यस्तै यस वर्षको मूल्यांकन विधि गत वर्षकोभन्दा फरक हुने अध्यक्ष पौडेलले बताए । कोरोना भाइरस महामारीको दोस्रो लहर फैलिएपछि जेठ १३ गतेबाट तय भएको एसईई परीक्षा स्थगित भएको थियो । आन्तरिक मूल्यांकन विधि अनुसार गराउने शिक्षा मन्त्रालयको प्रस्ताव मन्त्रीपरिषदले स्वीकृत गरेपछि बोर्डले मूल्यांकन कार्यविधि तयार गर्न लागेको हो ।
