टोपेन्द्र खनाल/राजपुर बिहिबार, जेठ १३, २०७८

दाङ । देउखुरीको राजपुर गाउँपालिकामा भूमीसम्बन्धि समस्या समाधान आयोग, २०७६ मार्फत भूमिहीन दलित/ भूमिहीन सुकुम्बासी र अव्यवस्थित बसोबासीकालागि तथ्यांक संकलन गर्ने कार्य निरन्तर रहेको छ । यस्तै निबेदन फाराम भर्ने भराउने कार्य राजपुर गाउँपालिकाको वडा नम्बर १, ३, ५, ६, ७ नम्बर वडामा सम्पन्न भइसकेको छ भने सो सम्बन्धी कार्य वडा नम्बर २ र ४ मापनि भइरहेको छ ।

त्यस्तै तथ्यांक संकलन गर्ने कार्यकालागी पालिकामा जम्मा जना १० संकलक र अन्य कर्मचारी ४ गरि जम्मा १४ जना कर्मचारीहरु काम खटिरहेको अवस्था छ। अहिले सम्म अनुमानितरुपमा ३५ सय जतिले फाराम भरेको तथ्यांक संकलक राधा यादबले जानकारी दिनु भयो ।

यसैगरी फाराम भरिसकेपश्चात सम्बन्धित वडामा फारामहरु जम्मा हुने र वडाले नियमानुसार प्रमाणित गरि गाउँपालिकामा पेश गर्नुपर्ने र वडा कार्यालयले प्रमाणित गरि पठाएका निबेदन फारामउपर गाउँ कार्यपालिकाले निर्णय गरि आयोगमा पठाउनुपर्ने प्रावधान रहेको र अन्तिम निर्णय आयोगमा रहने बुझिएको छ ।

त्यस्तै आवश्यक प्रकृया पुगेको खण्डमा अर्थात ९ अनुसूची पूरा गर्ने सेतो रङ्गको फाराम भर्ने आवेदकले १ बिगाहा ९ कठ्ठा ८ नम्बर ऐलानि जग्गा पाउनसक्ने छन भने रातो रङ्गको फाराम भर्नेले ७ कट्ठा जसमध्ये १ कट्ठा घरबास र ६ कट्ठा कृषि प्रयोजनकलागि पाउन सक्नेछन । आयोगको यसप्रकारको कार्यले गर्दा भूमिहिन सुकुम्बासीहरुको समस्यापनी समाधान हुने र ८ नम्बर ऐलानी जग्गा केकती छ यसको लगत संकलन गर्न सहज हुने बुझिएको छ।

हाम्रो टीम

संचालक तथा प्रबन्ध निर्देशक:मेगमन बुढा
सम्पादक : कृष्ण जि.एम

निर्देशक: भानु जोशी
क्राईमबिट प्रमुख : सागर थापा
जिल्ला ब्युरो: टेकबहादुर पुन

प्रमुख व्यवस्थापक : इराधा झाक्री मगर
प्रमुख सम्बाददाताहरु : शिवराज पन्थी, तुलबहादुर कुँवर मगर,
सुशीला (ओली) गिरी,जयप्रकाश पौडेल
सम्बाददाताहरु : टोपेन्द्र खनाल,शिव बस्नेत
सल्लाहकारहरु : बिपुल पोख्रेल,उदय जि.एम
कानुनी सल्लाहकार: वरिष्ठ अधिवक्ता रेवतीरमण भट्टराई

सामाजिक संजाल

सम्पर्क

एम.बि.के.एन मिडिया प्रा.लिद्वारा संचालित सिधा-पत्र डटकम
# सूचना तथा प्रसारण विभाग दर्ता नं . :– २४५९/०७७-०७८
#कम्पनी दर्ता नम्बर:- २४५५०७
# ठेगाना :- राजपुर गा.पा-२ दाङ,लुम्बिनी प्रदेश नेपाल
# सम्पर्क : – ९८५७८४०५१७
# बिज्ञापन : – ९८०९५६३२३६
# इमेल :- [email protected]