
Sgr
Srbpu
Pbu
Ggp
Unsku
pku
Lnp
Rgp

Rsb
Bbu
Rgu
Rgs
Gst
Ksm
Wsp
Asm
Hal
Bbbpu
nsb
Ggd
Sbs
Rgu
Tsm
Ssm
Pvg
Vor
Sls

Gsb
Bml
Ptm
Syp
Mks
Pls
Rpp
दाङ । देउखुरीको राजपुर गाउँपालिकामा भूमीसम्बन्धि समस्या समाधान आयोग, २०७६ मार्फत भूमिहीन दलित/ भूमिहीन सुकुम्बासी र अव्यवस्थित बसोबासीकालागि तथ्यांक संकलन गर्ने कार्य निरन्तर रहेको छ । यस्तै निबेदन फाराम भर्ने भराउने कार्य राजपुर गाउँपालिकाको वडा नम्बर १, ३, ५, ६, ७ नम्बर वडामा सम्पन्न भइसकेको छ भने सो सम्बन्धी कार्य वडा नम्बर २ र ४ मापनि भइरहेको छ ।
त्यस्तै तथ्यांक संकलन गर्ने कार्यकालागी पालिकामा जम्मा जना १० संकलक र अन्य कर्मचारी ४ गरि जम्मा १४ जना कर्मचारीहरु काम खटिरहेको अवस्था छ। अहिले सम्म अनुमानितरुपमा ३५ सय जतिले फाराम भरेको तथ्यांक संकलक राधा यादबले जानकारी दिनु भयो ।
यसैगरी फाराम भरिसकेपश्चात सम्बन्धित वडामा फारामहरु जम्मा हुने र वडाले नियमानुसार प्रमाणित गरि गाउँपालिकामा पेश गर्नुपर्ने र वडा कार्यालयले प्रमाणित गरि पठाएका निबेदन फारामउपर गाउँ कार्यपालिकाले निर्णय गरि आयोगमा पठाउनुपर्ने प्रावधान रहेको र अन्तिम निर्णय आयोगमा रहने बुझिएको छ ।
त्यस्तै आवश्यक प्रकृया पुगेको खण्डमा अर्थात ९ अनुसूची पूरा गर्ने सेतो रङ्गको फाराम भर्ने आवेदकले १ बिगाहा ९ कठ्ठा ८ नम्बर ऐलानि जग्गा पाउनसक्ने छन भने रातो रङ्गको फाराम भर्नेले ७ कट्ठा जसमध्ये १ कट्ठा घरबास र ६ कट्ठा कृषि प्रयोजनकलागि पाउन सक्नेछन । आयोगको यसप्रकारको कार्यले गर्दा भूमिहिन सुकुम्बासीहरुको समस्यापनी समाधान हुने र ८ नम्बर ऐलानी जग्गा केकती छ यसको लगत संकलन गर्न सहज हुने बुझिएको छ।
