
Ksb
Tgp
Gsb
Rsb
Ksb
Ssb
Ssb
Ppu
Csb
Nsb
Ksb
Usb
Rks
Bsn

Gsb
Hl1
Tsb
Ssb
Usb

Nps
Rgu
ptl
काठमाडौं । संघीय सांसद मेटमणि चौधरीले नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सोधेको स्पष्टिकरणको जवाफ पठाएका छन् । ७ वैशाखमा नेता माधवकुमार नेपाल सहित २७ सांसदलाई ओलीले स्पष्टिकरण सोधेका थिए । आफूले १४ वैशाखमा पत्र पाएको भन्दै चौधरीले त्यसको जवाफमा तीन पृष्ठको स्पष्टिकरण बुझाएका छन् ।
स्पष्टिकरणको भाषा भने नेता नेपाल सहित अन्य सांसदहरुसँग मिल्दो छ । पत्रमा नवौं महाधिवेशनको विधान, पार्टी संरचना र नीति अनुसार आफू क्रियाशील रहेको उल्लेख गरिएको छ । पार्टी विभाजन गर्नतिर लागेको भनी सोधिएको स्पष्टिकरण पत्रबारे चौधरीले आपत्ति जनाएका छन् ।
तर, २८ फागुनमा ओलीले गरेको निर्णय सच्याउँदै पार्टीलाई २ जेठ २०७५ को अवस्थामा लैजान सक्रिय भएको चाहिँ चौधरीले उल्लेख गरेका छन् । ओलीले १६ वैशाखमा थप तीन गंगा चौधरी, कलिला खातुन र समिना हुसेनलाई पनि स्पष्टिकरण सोधेका छन् । उनीहरुले पनि स्पष्टिकरण बुझाइसकेका छन् ।साभार अनलाइन खबर
