
Rgp1
pku
Pes
Unsku
Lnp
Sgr
Rgp
Djs
Gfs
Ggp
Srbpu
Pbu
cjs
Ses

Rsb
Bbu
Sls
Wsp
Rgs
Ssm
nsb
Sbs
Bbbpu
Rgu
Tsm
Hal
Gst
Pvg
Asm
Ggd
Vor
Rgu
Ksm

Jmb
Bml
Jmb
Rmb
Rpp
Mks
sab
Ptm
Pls
Abd
bbt
Syp
Gsb
काठमाडौं । नेपाल पत्रकार महासङ्घले कोभिड–१९ को दोस्रो लहरबाट जोगिँदै स्वास्थ्य सुरक्षालाई पहिलो प्राथमिकतामा राखेर मात्रै पेशागत कर्तव्य पूरा गर्न आम सञ्चारकर्मीलाई आग्रह गरेको छ ।अध्यक्ष विपुल पोख्रेलको अध्यक्षतामा बिहीबार बसेको महासङ्घ पदाधिकारी बैठकले कार्यरत सञ्चारकर्मी र कर्मचारीका लागि स्वास्थ्य सतर्कतामा विशेष ध्यान दिई काम गर्ने वातावरण मिलाउन सञ्चार गृहसँग मागसमेत गरेको छ ।
त्यस्तै समाचारकक्षमा सामाजिक दूरी कायम गर्ने, सकभर घरबाटै काम गर्ने वातावरण मिलाउने, पर्याप्त स्वास्थ्य सामग्रीको व्यवस्थापन गर्न र प्रविधिको उच्चतम् प्रयोग गरेर सुरक्षित वातावरण निर्माण गर्नुपर्ने महासङ्घको भनाइ छ । महासङ्घले कोभिड–१९ को दोस्रो लहरको प्रारम्भिक स्वरुप विश्लेषण गरी सञ्चार क्षेत्रमा गम्भीर समस्या उत्पन्न हुने आँकलन गर्दै अनुगमन समिति गठन गरेको छ ।समग्र विषयको अनुगमन तथा समन्वय गर्न वरिष्ठ उपाध्यक्ष रमेश विष्टको संयोजकत्वमा उपाध्यक्षद्वय बाला अधिकारी, उदय जिएम, सचिव पवन आचार्य र नारायणसुन्दर किलम्बुका साथै प्रदेशबाट निर्वाचित केन्द्रीय सदस्य रहेको समिति गठन गरिएको हो ।
त्यसैगरी कोभिड–१९ को दोस्रो लहरको प्रभावबाट प्रेस स्वतन्त्रता, श्रमजीवी पत्रकार तथा सञ्चारगृहमा उत्पन्न हुनसक्ने समस्याको समाधान र समन्वय गर्न समिति गठन गरिएको छ । महासचिव रोशन पुरीको संयोजकत्वमा सचिव गोविन्द चौलागाईं, लेखा समिति संयोजक लेखनाथ न्यौपाने, कोषाध्यक्ष कलेन्द्र सेजुवाल, केन्द्रीय सदस्य शान्तराम बिंडारी, विकास कार्की, रामकृष्ण अधिकारी, मणि दाहाल र कृति भट्टराई सदस्य रहेको समिति गठन गरिएको हो ।
यस्तै बैठकले केन्द्रीय समितिले गठन गरेको समितिसँग समन्वय गरी कोभिड–१९ को दोस्रो लहरबाट प्रदेश र जिल्लामा उत्पन्न हुनसक्ने समस्या र चुनौती सामना गर्न महासङ्घको प्रदेश, जिल्ला, एसोसियट र प्रतिष्ठान शाखालाई सक्रियरुपमा काम गर्न निर्देशन गरेको छ । सम्भावित जोखिमबाट सञ्चार क्षेत्रलाई जोगाउँदै पत्रकारले कोभिड महामारीका बीचमा पनि निर्वाध र सहजरुपमा काम गर्ने वातावरण निर्माणका लागि पनि सरकारसँग विशेष आग्रह गरिएको छ ।
त्यस्तै सञ्चार क्षेत्रमा स्वास्थ्य सामग्रीको सहज उपलब्धता, खोप लगाउन छुटेका पत्रकारलाई तत्काल खोप लगाउने व्यवस्था मिलाउन र कोभिडविरुद्धको लडाईंमा अग्रभागमा रहेर काम गर्ने पेशाकर्मीका नाताले विशेष प्रोत्साहन गर्न महासङ्घले विशेष आग्रह गेको छ । बैठकले सबै आमसञ्चारकर्मीमा महामारीको यो कठिन समयमा पत्रकार आचारसंहिताको पूर्ण पालना गर्दै सत्यतथ्य समाचार सामग्री सम्प्रेषण गर्दै जनताको सुसूचित हुने अधिकारको प्रत्याभूतिका लागि अग्रभागमा रहेर कर्तव्य पालना गर्ने निर्णय गरेको छ । -रासस
