सनिउल्ला धोबी शुक्रबार, चैत्र २१, २०७६

कपिलवस्तु ।कपिलवस्तुको विजयनगर गाउँपालिका वडा नं १ गुगौलीमा आगलागी हुँदा ३९ घर गोठ जलेर नष्ट भएको छ । गुगौलीका कासीराम यादवको घरमा दिउसो नास्ता पकाउन बालेको आगोले खरले छाएको फुसको घरबाट आगलागी सुरु भएको थियो । यादवको घरबाट सुरु भएको आगोले गाउँको पुरै घर जलेर नस्ट भएको खबर छ । गाउँको उत्तर देखी सुरु भएको आगो हावाको बहाव सगै पुरै गाउमा फैलिएको थियो । आगोबाट कुनै पनि मनविय क्षती नभएको इलाका प्रहरी कार्यालय गणेशपुरका प्रहरी निरीक्षक मधु नेपालले जानकारी दिनु भयो ।आगलागीबाट करिब एक करोड भन्दा बढिको नोक्सान भएको स्थानीयले बताएको छ ।आगलागीबाट खाद्यान्न, लत्ताकपडा, भाँडाकुडा र नगद गरी एक करोड भन्दा बढीको क्षति भएको प्रहरीले अनुमान गरेको छ । अग्नि पिडितहरुको वास्तविक क्षती बिवरण प्रहरीले संकलन गरीरहेको छ । अग्नि पीडितहरुको राहतको लागी विजयनगर गाउँपालिकाले ब्यवस्थापन गरीरहेको वडा नंं १ का वडाअध्यक्ष इन्दर थारुले जानकारी दिनु भयो ।कृष्णनगर नगरपालिकाको दमकल बिग्रेकोले तौलिहवाको दमकल आउन ढिलाइ गरेको थियो । पुरैगाउँ खरानी भएपछि तौलिहवाको दमकल गुगौली पुगेको थियो ।तौलिहवा र गुगौलिको दुरि करिब ५० किलोमिटर रहेको छ ।

हाम्रो टीम

संचालक तथा प्रबन्ध निर्देशक:मेगमन बुढा
सम्पादक : कृष्ण जि.एम

निर्देशक: भानु जोशी
क्राईमबिट प्रमुख : सागर थापा
जिल्ला ब्युरो: टेकबहादुर पुन

प्रमुख व्यवस्थापक : इराधा झाक्री मगर
प्रमुख सम्बाददाताहरु : शिवराज पन्थी, तुलबहादुर कुँवर मगर,
सुशीला (ओली) गिरी,जयप्रकाश पौडेल
सम्बाददाताहरु : टोपेन्द्र खनाल,शिव बस्नेत
सल्लाहकारहरु : बिपुल पोख्रेल,उदय जि.एम
कानुनी सल्लाहकार: वरिष्ठ अधिवक्ता रेवतीरमण भट्टराई

सामाजिक संजाल

सम्पर्क

एम.बि.के.एन मिडिया प्रा.लिद्वारा संचालित सिधा-पत्र डटकम
# सूचना तथा प्रसारण विभाग दर्ता नं . :– २४५९/०७७-०७८
#कम्पनी दर्ता नम्बर:- २४५५०७
# ठेगाना :- राजपुर गा.पा-२ दाङ,लुम्बिनी प्रदेश नेपाल
# सम्पर्क : – ९८५७८४०५१७
# बिज्ञापन : – ९८०९५६३२३६
# इमेल :- [email protected]