
Snmbs
Dpm
snmbs
Mbf
Ges
Pbu
Dbc
dpm
Snmbs
Sdc
Gesld


दाङ । देउखुरीको राजपुर गाउँपालिका वडा नम्बर २ बेलामा नव वर्ष २०७८ सालको सुरु दिनलाई शुभ अवसर पार्दै बेला चौकमा थप ब्यबस्थापनका साथमा करिब ५ लाख बराबरको लगानिमा सूहाना ब्यूटि पार्लर संचालनमा ल्याईएको छ । सेवाग्राहीलाई गर्मी मौषममा एसि र जाडोमा हिटरको ब्यवस्था समेत मिलाएर “सूहाना ब्यूटि पार्लर ” संचालनमा ल्याईएको हो ।
त्यस्तै राजपुर क्षेत्रका सेवाग्राहीहरुलाई सेवा लिन यातायात साधनको प्रयोग गरि गढवा,लमही जानुपर्दा निकै समस्या परिरहेको अवस्थालाई मध्यनजर गरि सो सुबिधा स्थानियस्तरमै दिन खोजेको बताउदै नयाँ ब्यवस्थापनका साथ स्थापित पार्लरबाट सेवाग्राहीलाई ब्यूटिसियनका सम्पुर्ण सेवाहरु, सिङ्गारपटारको सेवा दिनुका साथै परिस्थिति अनुसार बिबाह,पाटी र उत्सवमा अर्डर अनुसार होम डेलिभरी सेवा समेत दिइने सो पार्लरका प्रोप्राईटर समीक्षा गिरि / योगिले बताइन ।
यस्तै नयाँ पार्लरको उद्घाटन निजकै छोरी फेमिली प्याराडाईज इ.बो.स्कूल मटेरियाकि प्लेग्रुपकी छात्रा वर्ष ३ कि सूहाना योगिले रिबन काटेर गरेकी हुन।
एउटा महिलाले निकै ठूलो साहसकासाथ आत्मनिर्भरताको लागि आफ्नै लगानिमा यसरी लगानी गरि अघि बढेको कार्यलाई मूल्याकंन गर्ने हो भने सेवाग्राहीलाई सेवा दिने कार्य मात्र नरहेर राज्यलाई नै सहयोग पुर्याएको पाइन्छ। अहिलेको समयमा कतिपय नेपाली युवाहरु स्वदेशमा रोजगार नपाएर बिदेशिने गरेको पाइदै गर्दा नेपाली महिलाहरु पनि बिदेशिन पुगेको पाइन्छ । आफ्नै देशमा पसिना बगाउन खोज्ने युवा / युवतीहरुलाई सहुलियतपुर्ण ब्याजमा नेपाल सरकारले ऋण उपलबध गराउन सकेपनि केही हिम्मत राख्ने नेपालीहरुले स्वदेशमै पसिना बगाउने अवसर पाउने थिए ।
